पाँचथर । पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा आज ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेडले भारतको हिल्स फुटबल एकेडेमी सँग प्रतिस्पर्धा गर्दै छ ।
फिदिम माबिको खेलमैदानमा दिउसो २ बजे हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । मौफसलका प्रतियोगिताहरुका निकै राम्रो प्रर्दशन गरिरहेको चर्च ब्वाइज युनाइटेड प्रतियोगिताको दाबेदारी टोली हो । तर, आजनै झापाको मेचिनगरमा सोहि समयमा चर्च ब्वाइज युनाइटेडको खेल रहेकाले पाँचथरमा कस्तो टिम र को को खेलाडीहरु आउने क्लबले सार्वजनीक गरेको छैन् । चर्च ब्वाइज युनाइटेड गत पुसमा यसै मैदानमा सम्पन्न भएको फाल्गुनन्द गोल्डकप प्रतियोगिताको बिजेता हो । पाँचथरमा पछिल्लो समय चर्च ब्वाइज युनाइटेडका समर्थकहरु निकै छन् ।
उता हिल्स फुटबल एकेडेमी भारतको टोली हो । खर्साङमा फुटबल एकेडेमी सञ्चालन गर्ने हिल्स सँग भारतीय लिग खेलेका राम्रा खेलाडीहरु आउन सक्ने अनुमान गरिएको छ । उमेर समुहमा भारतको राष्ट्रिय टिमबाट खेलीसकेका खेलाडीहरुको साथमा पाँचथर आएको हिल्स फुटबल एकेडेमीले जनाएको छ ।
फाल्गुन २६ गते मच्छिन्द्र फुटबल क्लबले हिमालय शेर्पा क्लबको सामना गर्नेछ ।
फागुन २७ गते सप्तरीको नमोबुद्ध युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २८ र २९ गते सेमिफाइनल हुनेछ । हरेक खेलको प्लेयर अफ दी म्याचले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको विजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट र उदीयमान खेलाडीले १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैंयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले २ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक विमा गरिएको आयोजकले जनाएको छ ।