पाँचथर । पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा आज ए डिभिजनका मच्छिन्द्र र हिमालयन शेर्पा क्लब आमने सामने हुँदैछन । पछिल्लो समय मौफसलका प्रतियोगिताहरुमा सफल मच्छिन्द्र क्लब पाँचथर गोल्डकपको उपाधि दाबेदार टोली हो ।
फिदिम माबिको खेलमैदानमा दिउसो २ बजे हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
मौफसलका प्रतियोगिताहरुका निकै राम्रो प्रर्दशन गरिरहेको मच्छिन्द्र क्लबले २ साताको बिच २ वटा गोल्डकपको उपाधि जितेको छ । केपि ओली कपमा ह्याट्रिक गरेको मच्छिन्द्रले केपि ओली कप जितेको २ दिनकै अन्तरमा कपिलबस्तु गोल्डकपको उपाधि जितेको थियो । हिजो मात्र बिराट गोल्डकपको सेमीफाइनलमा थ्रिस्टार सँग पराजित भएको टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएको छ । पाँचथरमा पछिल्लो समय मच्छिन्द्रका समर्थकहरु निकै छन् । मच्छिन्द्र गत पुसमा यहि मैदानमा समपन्न भएको फाल्गुनन्द गोल्डकपमा उपबिजेता भएको थियो
उता हिमालयन शेर्पा क्लब पछिल्लो समय नेपाली फुटबलमा गुमनाम रहेको क्लब हो । मौफलिमा खासै सहभागिता नजनाएको हिमालय शेर्पा आफ्नो साखको लागी पनि राम्रा खेलाडीहरु आउन सक्ने अनुमान गरिएको छ । उमेर समुहमा राष्ट्रिय टिमबाट खेलीसकेका खेलाडीहरुको साथमा पाँचथर हिमालय शेर्पाले जनाएको छ ।
फागुन २७ गते सप्तरीको नमोबुद्ध युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २८ र २९ गते सेमिफाइनल हुनेछ । हरेक खेलको प्लेयर अफ दी म्याचले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको विजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट र उदीयमान खेलाडीले १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैंयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले २ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक विमा गरिएको आयोजकले जनाएको छ ।