पाँचथर । पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा आज ए डिभिजनका नेपाल पुलिस क्लब र मोफसलका नमोबुद्ध युथ क्लब सप्तरी आमने सामने हुँदैछन । पछिल्लो फिदिम माबिको खेलमैदानमा दिउसो २ बजे हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
गत साता बिरगन्ज गोल्डकपको बिजेता नेपाल पुलिस क्लब पाँचथरमा उपाधि जित्ने लक्ष्य सहित पाँचथर आएको छ । नमोबुद्ध युथ क्लब सप्तरी पनि ए डिभिजन खेलेका अनुभब भएका खेलाडीहरुको साथमा पाँचथर आएको छ ।
फागुन २८ र २९ गते सेमिफाइनल हुनेछ । हरेक खेलको प्लेयर अफ दी म्याचले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको विजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट र उदीयमान खेलाडीले १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैंयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले २ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक विमा गरिएको आयोजकले जनाएको छ ।