पाँचथर । मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबि बजारमा रबि गोल्डकप आयोजना हुने भएको छ । छैटौं संस्करणको रबि गोल्डकप आगामी चैत्र २५ देखी बैशाख १ गते सम्म आयोजना हुने भएको हो । सोमबार आयोजक राइजिङ स्टार क्लबले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको जानकारी दिएको हो ।
२०७६मा छैटौं संस्करणको तयारी भए पनि कोभिडको कारणले प्रतियोगिता रोकिएको थियो । छ वर्ष पछि प्रतियोगितालाइ निरन्तरता दिन लागिएको आयोजकले बताएका छन् ।
प्रतियोगितामा ३ अन्तराष्ट्रिय टोली सहित ८ क्लबको सहभागीता रहने आयोजक राइजिङ स्टार क्लबका सचिब मदन राईले जानकारी दिए । प्रतियोगितामा लाइटगेट फुटबल क्लब घाना,युके एफसि कर्साङ भारत,राइजिङ स्टार स्पोर्टिङ क्लब दार्जिलिङ, पथरी ११ मोरङ, सलहेश क्लब सिरहा, भाङबारी फुटबल क्लब दमक झपा, आठकर्ण फुटबल क्लब पाँचथर र आयोजक राइजिङ स्टार क्लब रबिको सहभागिता रहने राईले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ५ लाख दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट र उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले पनि पुरस्कार प्राप्त गर्ने बताइएको छ । प्रतियोगिताको मुख्य प्रबद्धक मिक्लाजुङ गाउँपालिका रहेको छ ।
छैटौं रबि गोल्डकप चैत्र २५ देखी
छैटौं रबि गोल्डकप चैत्र २५ देखी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस