पाँचथर । मिक्लाजुङ गाउँपालिका – २ सप्तमी बजारमा नेपाली काँग्रेसका स्वर्गीय नेता पुर्णकुमार सेर्माको शालिक अनावरण गरिएको छ।
सप्तमी बजारमा उनको अर्ध कदको शालिक स्थापना गरिएको हो। सेर्माको शालिक नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला र नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङदेम्बे लगायतले संयुक्त रूपमा अनावरण गरेका थिए। सालिक सेर्माको धर्मपत्नी जनीमाया थापा मगरले निर्माण गर्नु भएको हो ।
शालिक अनावरणपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि कृष्ण प्रसाद सिटौलाले पुर्णकुमार सेर्माको सादगी जिन्दगी र उहाँको विकासबादी सोच सबै नेता कार्यकताले अनुसरण गर्नु पर्ने बताए । कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बेल स्व. सेर्मा निष्ठाको राजनीति गर्ने एक जना सामाजिक अभियन्ता भएको चर्चा गरे। कार्यक्रममा नेपाली काँगेसका नेताहरु देवमान थेबे, नरेन्द्रकुमार केरुङ,रुपनारायन जबेगु, मैया श्रेष्ठ लावती,बृजहाङ आङदेम्बे लगायतले मन्तब्य राखेका थिए ।
२०१८ सालदेखि तत्कालिन गाँउ पञ्चायतका प्रधानपञ्च हुँदै गाँउ फर्क अभियान,राष्ट्रिय सभा सदस्य हुँदै २०६४ सालको संविधान सभा सदस्य र स्थानीय विकास मन्त्रीको जिम्वेवारी सम्हाल्नु भएका सेर्मा ३ कार्यकालसम्म नेपाली कांग्रेस पाँचथरको सभापति वन्नु भएको थियो ।
सिरिजंगा ग्रामिण विकास केन्द्र नामक गैर सरकारी सस्थाका माध्यवाट जिल्लाका थुप्रै खोला नालामा पुल निर्माण गर्नुभएका सेर्मालाई जिल्लावासीले मृदुभाषि,विकासप्रेमी र निष्ठावान नेताका रुपमा मान्छन ।
२००० साल असोज १२ गते पाँचथरको मिल्लाजुङ गाउँपालिका २ सराङडाँडामा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए। नेपाली कांग्रेस पाँचथरको दुई पटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए। २०५७ सालमा भएको १० औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनले शेर्मालाई सभापतिमा चयन गरेको थियो। कांग्रेसको १० औँ र ११ औँ महाधिबेशनबाट शेर्मा दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
जिल्लाको पुरानो ने ताका रुपमा चिनिएका शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए।