पाँचथरमा –बाढी आयो आयो भनेर एउटा हुल बाट आवाज आउँछ,हात भाचियो भाचियो भनेर कोही कराउछ,कसैको आँखा बाहिर निस्केको छ त कसैको खुट्टा बाचिएको छ,कोहि हात भाचिएर कराइरहेका छन्।यो हेर्दा गुल्ममा ठुलै बिपत आए झै लाग्छ तर यो बिपत साच्चिकैको होइन। बर्खा,अनि यो बिपत आउनु पुर्व नै कृतिम तयारी अभ्यासको आवाज हो । सशस्त्र प्रहरी बल,नेपाल नम्मर २ गुल्म हेडक्वाटर हिमसिखर पाँचथरले विपतका उद्वारका लागि पूर्व तयारीको अभ्यास गरेको हो।
जिल्लामा जोखिम आइहाले कसरी व्याबस्थापन गर्ने भन्ने तयारी हो । बर्खा लाग्नु पुर्व नै गुल्ममा रहेका प्रहरिलाइ बिपत व्यबस्थापन गर्न तीन देखि डिजास्टर म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको थियो। जिल्लामा ४वटा बिओपी र एउटा सुरक्षा बिट रहेको छ। बाढी पहिरो जस्तो बिपत व्याबस्थापनका लागि प्रतेक बिओपिमा १०/१० जना र जिल्लाभरी गरेर ८० दक्ष जनशक्ति बिपत व्याबस्थापनको लागि तयारी अबस्थामा राखिएको छ।
जिल्ला बिपत ब्याबस्थापन समितिका अध्यक्ष जिल्ला प्रमुख अधिकारिको उपस्थितिमा सोमबार डेमोष्टेसन सम्पन्न भएको हो। बाढिको बढि जोखिम क्षेत्र,पहिरोजान् सक्ने सम्भाब्य क्षेत्र ,आगलागिका क्षेत्रहरू लगाएत चट्याङ यस्ता बिभिन्न बिपतका घटना व्यबस्थापन गर्न बिगत देखि नै जिल्ला प्रशासन बाट भैरहेको जिल्ला प्रमुख अधिकारी बताउछ्न।
बाढी पहिरोमा परेका लाई कसरी उद्वार गर्न सकिन्छ त्यस्को डेमोष्टेसन गरिनुको साथै आगलागी हुदा कसरी नियन्त्रण गर्न सकिन्छ,पानीमा दुबेकालाइ उद्धार गने,पहाडमा अड्किएकालाइ निकाल्ने जस्ता अभ्यास गरिएको थियो। उद्वार सामाग्रीहरु रोप,चेस्ट हार्नेस,फिगर एट,सिट हार्नेस,फायर ब्याङ्केट,दाते फरुवा जस्ता सामाग्रीको प्रदर्शन गरिएको थियो।