साझ पर्नै लागेको बेला येमनाराण भण्डारी मुडामा बसेर गफिदै थिए । सामान्य नागरिकको जीवन विताई रहेका उनीसँग केहि बिशेषता जरुर थियोनै । उनलाई ऐमनाराण भण्डारी नामलेमात्र चिनाउदैन्, उनको परिचय त ‘टुप्पी बा’ ले प्रख्यात बनाएको छ । पाँचथरको फिदिम नगरपालीका–२ पल्लोटारका स्थानीय बासिन्दा भण्डारी ८२ बर्ष पुगे ।
उनले टुप्पी पालेको बर्षौ भयो । टुप्पी पाल्ने उनको विश्वास र शोख उनको परिचय बन्दै गएको छ । उनको टुप्पी ११ फिट लामो छ । हिड्दा टोपीले छोपेर हिड्छन् । उमेर ढल्कीदै गएकोछ, कमजोरी त हुनै नै भयो तर उनीसँग टुप्पीलाई स्नेहपूर्वक सम्हालेर राखेका छन् ।
टुप्पी प्रतिको प्रेम सुनाउदै भण्डारीले भन्छन् ‘मलाई त गौरव लाग्छ यो टुप्पी , मैले जन्मिदा लिएर आएको अझ सम्म काटेको छैन । एक दिन सपनामा कोहि आएर नकाट्नु भन्ने आदेश दियो, त्यही आदेश पालना गरेको छु ।’
उनको विश्वास महत्पूर्ण पक्ष हो । ४३ बर्षसम्म सरकारी सेवा गरेका उनी टुप्पीको कुराकानी मज्जाले सुनाउँछन् । घरको बरण्डामा बस्दा टुप्पी भुईसम्म आईपुग्छ । उनको टुप्पीसँग तस्वीर धेरैले खिचेका छन् । टुप्पीको कुरा गर्दा, फोटो खिच्दा बढो आनन्द लाग्ने उनले सुनाए ।
टुप्पीलाई जोगाएर राख्न उत्तिकै कठिन छ । मान्छे भन्दा लामो टुप्पी संलागेर बसेका छन् उनी । छोराको पसलमा बसेर दिन विताउने गरेको सुनाउने उनले म्यूजीक भिडियो र साना फिल्ममा भनि अभियन गर्न पाएका छन् । टुप्पीले उनलाई भिडियो दुनियामा पनि पु¥याएको छ । ‘आम्मै नि’ र “एउटा कथा“भन्नेमा अभियन गरेको सुनाए । अरु दुईवटाको नाम बिर्सेको सुनाए ।
टुप्पीसँग उनले मन दुखाएका छन्, आशु बगाएका छन् । जब उनले टुप्पी चुढियो । ‘घाँस काट्ने क्रममा रुखबाट लड्दा टुप्पी चुडियो । साढे पाँच फिटको टुप्पी चुडियो । यो मेरो जीवनको अत्यान्त दुखको दिन भएको छ । सम्झीदा पनि विरक्त लाग्छ’ भण्डारीले अनुमान लगाउछन् ‘यो टुप्पी नचुडीएको थियो भने अझै कति लामो हुन्छ होला है ।’
जिन्दगीमा त्यती ठुलो अभिलाशा पनि छैन उनीसँग । उमेर ढल्कीदै जादा टुप्पी बा भनेर बोलाउदा खुसि हुने गरको सुनाउँछन् ।
‘पहिला त मलाइ मेले भण्डारी पनि भन्थे, जागिर खादा येमनारायण भनेर चिने तर अहिले टुप्पी बा भनेर बोलाउदा औधि खुसि हुन्छु’ उनी भन्छन् ‘भगवानले कसै न कसैलाइ केही न केहि दिएको हुन्छ । सायद, मलाइ यहि टुप्पी दिएको होला । काठमाडौबाट पनि यहि टुप्पीको भिडियो खिच्न आएका थिए रे । मेरो भेट भएन, म गाउँ गएको थिए ।’ उनी टुप्पीको कुरा ल्याउदा औधी खुसि हुने गरेको उनको नजिककाहरु बताँउछन् ।
अन्तीममा उनले भने ‘टुप्पीको भिडियो राम्रो बनाए मलाई पनि देखाउनु है । आफन्त इष्टमित्रले पनि देख्छन् होला । कृति रहने छ । ’