महिनावारी प्राकृतिक प्रक्रिया हो,यसो भनिरहदा पनि समाजमा भने अझै महिलाले महिनावारी अर्थात रजस्वला बारिरहेका छन।भान्सामा पस्नु नहुने,पुजापाठ गर्नु नहुने,घरका छोरा मान्छेलाइ छुनु नहुने जस्ता अन्धबिश्वास पाइन्छ।
सहर तथा गाउँमा यस्ता अन्धबिश्वासले समस्या सृजना गरेको भेटिन्छ।बिशेष गरि सुदुरपश्चिमका अछाम,डोडि,दैलेख,बैतडि, बझाङ र बाजुरामा समस्या चर्को छ।महिनावारी हुदा एक्लै घरदेखी पर छाउ गोठमा बस्नु पर्ने,पोषणयुक्त खानेकुरा खान नपाउने,एक्लै बस्दा निसासिएर मरेको,सर्प टोकेर मरेको घटना भयावह रहेको छ।
महिनावारिलाइ विपिङ अभ युटेरस पनि भन्ने गरिन्छ।महिनावारी स्तनधारीहरु मध्ये प्राइमेट्स अर्थात मानिस,बादँर,गोरिल्ला आदिमा हुने प्राकृतिक प्रक्रिया हो।यश बाहेक अन्य स्तनधारीमा यो प्रक्रिया हुँदैन।महिनावारी जीवनका लागि अपरिहार्य प्राकृतिक प्रक्रिया हो।
महिनावारी हुने बेलामा पेट,डाड,टाउको दुख्ने गर्छ।महिनावारिबारे आवश्यक ज्ञान् नहुँदा किशोरिले असजिलो महशुस गर्नुका साथै अप्ठ्यारो अबस्थाको समेत सामना गर्नुपरेको हुन्छ।प्राय ११बर्षदेखी ४५ बर्ष सम्मको समयमा महिनावारी हुने गरेको पाइन्छ।किशोरी अबस्थामा महिनावारीका बेला धेरै रक्तस्राव हुने समस्याबारे पर्याप्त ध्यान नदिए शरिरमा हेमोग्लोबिनको मात्रा कम भइ समग्र शारीरिक तथा मानसिक विकासमा समेत असर पर्छ।
महिनावारिका समयमा कामकाजी महिलालाई विकसित मुलुकमा कतिपय कम्पनिहरुले महिनावारिका समयमा महिलालाई अनिवार्य विदा दिनेगरी(पिरियड पोलिसी)समेत बनाएका छन् ।त्यसैले महिनावारिको समय आराम गर्ने समय हो।यस्तो अवस्थामा सरसफाइमा अन्य बेला भन्दा बढी ध्यान दिनुपर्छ भने रक्तस्राव हुँदा कमजोरी हुने भएकाले यस्तो बेला पोषणयुक्त खाना समेत खान जरुरी हुन्छ।बच्चा अबस्था बाट किशोरी अबस्थामा प्रवेश गर्दै गर्दा हुने महिनावारी घर परिवारले नबुझ्दा घातक पनि हुन सक्छ।
प्राकृतिक प्रक्रिया हो बुझ्दा बुझ्दै पनि छोरिलाइ घरमा यसरी तयार पारिन्छ कि महिनावारिको समयमा तिमिले केही छुनु हुदैन,म परिवर्तन छु भन्दा भन्दै पनि समाजमा आमा हजुरआमाले मानेका महिनावारी प्रतिको धारणा घर भित्र अझै तोड्न नसक्नु अत्यन्तै दुखद पक्ष हो।
छाउ गोठ त भत्केलान एकदिन तर मन भित्रको महिनावारी प्रती जकडिएको गोठ कहिले भत्किएला त?