पाँचथर । जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहले आगामि आर्थिक बर्षका २०७८/७९ लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । यो जनप्रतीनिधि निर्वाचित भएपछि चौथोँ बजेट हो ।
पाँचथरका आठवटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । पाँचथरका स्थानीय तहको आगामि आर्थिक बर्षका लागि ४ अर्ब २७ करोड ९६ लाख ७० हजार १ सय ४६ रहेको छ । स्थानीय सरकारमा पहिलो पल्ट निर्वाचित जनप्रतिनीधिले आफै खर्च गरी बनाएको अन्तिम बजेट भएकाले यो बजेटलाई महत्वका साथ लिईएको छ । नेपाल सरकारबाट वित्तिय अनुदान समानीकरणबाट प्राप्त बजेट, सशर्त अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त भएको बजेट सहितको बजेट सार्वजनिक गरेका छन् । आन्तरीक आम्दामीको अवस्था भने कम देखिन्छ ।
पाँचथरका स्थानीय तहले पूर्वाधार विकासका कामलाई निरन्तरता दिएका छन् । सडक लगायका पूर्वाधार प्राथमितामा रहेका छन् ।
फिदिम नगरपालीकाले नगरसभालाई जुम मार्फत गरेको थियो । नगरपालीकाको सभाहलमा आयोजित नगरसभालाई जुम मार्फत गरीएको थियो । फिदिम नगरपालीकाले ९१ करोड ६५ लाख ३२ हजार १ सय २० रुपैँया बराबरको बजेट ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्बाङको प्रमुख आतिथ्यतामा भएको नगरसभाको उद्घाटन समारोहमा जुमको माध्यमबाट पूर्वमन्त्रीहरु, संविधान सभा सदस्य, सासद, राजनीतिक दलका प्रतिनीति लगायको सहभागिता रहको थियो । नगरसभालाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले स्थानीय तहले रोजगारी सृजना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने बताएका थिए ।
याङवरक गाँउपालीकाले ४५ करोड ७० लाख ९८ हजार, हिलिहाङ गाँउपालीकाले ४९ करोड ३१ लाख ९५ हजार ९ सय ३६, फालेलुङ गाँउपालीकाले ४६ करोड १५ लाख ४१ हजार, कुम्मायक गाँउपालीकाले ले ३४ करोड ६१ लख ८४ हजार ५ सय १० बरारको बजेट ल्याएका छन् । यस्तै फाल्गुनन्द गाँउपालीकाले ४६ करोड ४४ लाख ३४ हजार, मिक्लाजुङ गाँउपालीकाले ५५ करोड ५७ लाख ८० हजार र तुम्बेवा गाँउपालीकाले ३६ करोड ९७ लाख ४३ हजार ५ सय ८० रुपैँया बराबारको बजेट ल्याएका छन् ।
टेवलमा हेर्नुस पाँचथरका आठ स्थानीय सरकारको बजेट ः