काठमाण्डाै । बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान जारी गरेको सूचनाअनुसार आज कोसी, नारायणीका सहायक नदी तथा पूर्वी राप्ती र कन्काईलगायतमा बहाव बढ्ने सम्भावना छ। यी मध्ये केही नदीको जल सतह सतर्कता तह पुग्न सक्ने देखिएको छ।
यसैगरी कमला, बागमतीलगायत नदीमा पनि बहाव सतर्कता तह पार गरी खतरा तहसम्म पुग्न सक्ने अनुमान छ।
लगातार वर्षाका कारण देशभर बाढी-पहिरोको जोखिम बढेको छ।
वर्षा अझै बढ्नै भएकाले बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरिरहेका छन्।
सूचनामा भनिएको छ, ‘तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन हुन अनुरोध छ।’
बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्मै विभिन्न स्थानमा बाढीको उच्च खतरा छ।