इलाम,असार-२० गते
ईलाम माङसेबुङ गाँउपालिका ५ का ४२ बर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ । त्यस्तै गरेर उदयपुर चौदण्डीगढी नगरपालीका ७ बेल्टार स्थित मदन चोक का ६५ बर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ । हिजो दिउसो १२ बजे सोही स्थानमा रहेको द्दवार खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटि गई खोजतालस गर्ने क्रममा बगाएको ठाउँबाट अन्दाजी २०० मिटर दक्षिणमा राईको मृत लाश फेला परेको हो । लाशको कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमको लागी स्वास्थ्ये चौकी बेलटार पठाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी गराएको छ ।