पाँचथर । फिदिम नगरपालीका–४ जोरसाल बजार नजिकै जेठ–२९ गते हत्या भएका ७९ बर्षिय टेकबहादुर इँवा लिम्बुको हत्यामा संलग्न एकजना पक्राउ परेका छन् । तीनहप्ता अगाडी लिम्बुको हत्या भए पछी धेरै चासो र चिन्ता साथ हेरिएको उत्त घटनाका हत्यारा पहिचान गरी पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले हत्यामा संलग्न भएको आरोपमा फिदिम–२ पल्लोटारका ५९ बर्षिय जिवनारायण श्रेष्ठ लाई पक्राउ गरेको हो । पाँचथरका प्रहरी प्रमुख डीएसपी दान बहादुर थापाका अनुसार बुधबार जिल्ला अदालत पाँचथरबाट म्याद थपी थप अनुसन्धान भइरहेको छ ।
जिल्ला यान्त्रीक कार्यालय फिदिममा सुरक्षागार्डका रुपमा काम गर्ने श्रेष्ठले बाम्फोक प्रहार गरीहत्या गरेको खुल्न आएको छ । हत्या गरीएका व्याक्तिसँग साँध सिमानको विषयमा पटक पटक विवाद हुने गरेको खुलेको छ । घटना भएको दिउँसो खेतमा व्याड विउँ राख्ने बेला पानीको विषयमा विवाद भएको खुल्न आएको छ ।
हत्याको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुर ल्याइएको थियो । हत्यामा प्रदेश प्रहरीको ब्युरो विशेष टोलि र जिल्ला प्रहरी कार्यालयको टोलि खटिएको थियो । कुलोको बिबादका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानले खुल्न गएको प्रहरीले बताएको छन् । सामान्य नागरिकको जीवन बिताइरहेका लिम्बुको के कारणले हत्या भएको हो भन्ने बिषय चासोका साथ् हेरिएको थियो । कोरोना कहरका बेला हत्या जस्तो जघन्य अपराधको घटना भएको थियो भारतीय सेवानिर्वित कर्मचारीको रुपमा रहेका थिए जोरसाल नजिकै सडककै छेउमा हत्या भएको थियो घरमा ८४ बर्षिय श्रीमति रहेकी थिइन् ।
घटना स्थलमा पर्याप्त प्रमाण नहुदा अनुसन्धानमा प्रहरीलाई कठिनाइ भएको थियो । लिम्बुको हत्या भए पछी घटनालाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरेको थियो । सडककै छेउको घरमा रातीको समयमा लिम्बुको हत्या भएको थियो । जोरसाल बजार नजिकै बाटो छेउमै हत्या भएको थियो ।
जोरसालका बृद्धकाे हत्यारा पक्राउ
जोरसालका बृद्धकाे हत्यारा पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस