पाँचथर– पछिल्ला दिनमा भईरहेको बर्षाका कारण खोलामा पानीको वाहव बढिरहेको छ । बाढि र पहिरोको उत्तिकै जोखिम रहेको छ । प्राकृतिक विपत्तिको जोखिम बढिरहेको छ ।
पाँचथरमा बग्ने तमोर, हेवा लगायतका नदिमा पानीको वाहब बढिरहेको छ । खोला नजिकका बासिन्दाले यो बेला सचेतन हुने बेला छ । पछिल्ला दिनमा पाँचथरमा तीन जनलाई खोलाले बगाएको छ । खोलामा साथीहरुसँग पौडी खेल्न गएका बालवालीकालाई बगाएको हो । दुई जना बेपत्ता रहेका छन् भने एकजना मृत अवस्थामा फेला परेका छन् ।
खोलामा पानीकोमात्रा बढ्दै गएको नजिकका घरमा रहेका अभिभावकहरुले छोराछोरीलाई खोलामा खेल्न जान नदिनका लागि सचेत रहुन रहनु पर्ने देखिन्छ । खोलाका छेउछाउमा रहेका बासिन्दाले खोलामा जाने, माछा मार्ने वा खेल्ने कामलाई यो बर्षा गर्नु नहुने अवस्था रहेका छ ।
यहाँका नदिले हरेक बर्ष बगाउने गरेको छ । खोलामा पौडी खेल्न जादा आईतवार याङवरक गाँउपालीका–४ को त्रिवेणी दोभान दुई जनालाई बगाएको थियो । उनीहरुको अवस्था अझै अज्ञात रहेको छ ।
दाहाल गाँउ भन्ने ठाँउबाट पौडी खेल्न गएका १६ बर्षिय लक्षण योङहाङ १३ बर्षिय विपल योङहाङलाई कावेली नदिले बगाएको थियो । मंगलबार कुम्मायक गाँउपालीका–३ कि आठ बर्षिय करिष्मा सम्बाहाम्फेलाई तमोर नदिले बगाएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार वुधवार राती सिम्राह पुल नजिकै मृत अवस्थामा फेला परेकी थिईन् ।
बर्षा भईरहेकाले प्राकृतिक विपत्तिको जोखिम रहेको छ । प्राकृतिक प्रकोपलाई रोक्न नसकेपछि सेचत हुने पर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक दानबहादुर थापा बताउँछन् । उनका अनुसार सञ्चारमाध्यम तथा प्रहरी चौकिहरु मार्फत सचेतना जगाउने प्रयास भईरहेको छ ।