पाँचथर – फिदिम १ शनिबारेकी नजिकै जिल्ला बन कार्यालयाको पर्खाल झरेर एक बालिकाको ज्यान गएको छ । असार २३ गते राति शौचालय गएकी बेला पर्खाल खसेर पुर्दा घाइते भएकि बालिकाको उद्धार गरि समर्पित अस्पताल लागिएको थियाे । फिदिममा उपचार सम्भब नभएपछी बिर्तामोड रेफर गरिएको थियो । जिल्ला बन कार्यालयको निर्माणाधीन पर्खाल खस्दा ज्यान गएको हो । पुरानो पर्खाल माथि नँया पर्खाल लगाएर लापार्वाही भएको स्थानीयको आरोप छ ।
जिल्ला बन कार्यालयको पुरानो पर्खाल लड्न लागेको ५/७ घर जोखिममा पर्ने हुदा सहजीकरण गरिदिनु भनेर बारम्बार लिखित तथा मौखिक गुनासो बन डिभिजन कार्यालयलाई गर्दा पनि कार्यान्वयन नहुदा दुर्घटना भएको जनगुनाँसो रहेको छ ।
मृतकको आर्थिक अबस्था कमजोर रहेको बताइएको छ । मृतक राइ र उनका दाइ डेरा गरि बस्थे । मृतकको बुवाको केहि बर्ष अगाडी नै निधन भएको हो । आमा बैदेशिक रोजगारीमा रहेकि छन्, कोरोनाको कारण काम बिहिन भएर बसेको बताइएको छ । मृतकको शव अन्तिम दाह संंस्कारको लागि फिदिम ल्याइदै छ ।