सुनौलो घाम पश्चिमतिर जाँदै मात्र थियो डुब्नै लागीसकेको चै होइन । हामी घर पुग्दा दुइओटा बासका साना कप्टेरा मा धागो बेदै हुनुहुन्थ्यो सिता लावती जवेगु । विभिन्न रंग मिसिएको धागाले आकर्षक समाग्री बन्दै थियो । त्यसको नाम हो सिलाम साक्मा । लिम्बुजातीको संस्कार र संस्कृतिमा आधारीत सिलाम साक्माको महत्व विशेष प्रकारको छ ।
लिम्बु भाषामा सि को अर्थ मृत्यु, लाम भन्या बाटो र साक्मा भन्या छेक्ने अर्थात मृत्युको बाटो छेक्ने अर्थ लाग्ने याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगु बताउँछन् ।
सिलाम साक्मा घरमा आएका पाहुना, बिबाह बन्धनमा बाधिएका जोडि, औपचारीक कार्यक्रम लगाइदिने चलन बढेको छ । संघसस्थाको लोगो बनाउनुका साथै घरमा विभिन्न किसिमले सजाएको पाईन्छ । गेटमा, घरमा सिलाम साक्माको आकृती बनाएको देख्न सकिन्छ ।
सिलाङ साक्माको आफ्नो छुटै बिशेषता रहेको पाइन्छ । बिशेषत लिम्बू समुदायमा सुरक्षाकवजको रुपमा यसको अस्तित्व रहदै आएको छ । आफ्ना आफन्त मरेपछी पृतृ सँग सातो छुटाउन यस्को प्रयोग गर्ने गरिने कुलपति जवेगु बताउँछन् ।
तङ्सिम अनुष्ठान गरेर घरमा लगेर घरमा झुन्ड्याउने गरिन्थ्यो । अचेल भने अहिले विभिन्न समारोहमा अतिथिलाइ लगाइदिन र पाउना आउदा सुरक्षित रहुन भन्ने उध्येश्यले प्रयोग गरिन्छ । बिशेषतः मृत्युको बाटो छेक्ने ढालको रुपमा प्रयोग गर्ने जवेगु बताउँछन् । सुरुमा धातु र छालाको बनाइने उनको भनाई छ । ‘तान्त्रीक रुपमा चोयाका र बेदको बनाईन्थ्यो । अहिले धागोको बनाइन्छ । तङ्सीन गर्दा धागोको बनाएर त्यहाँ सहभागिको घरमा राख्न दिने गरीएको पाईन्छ’ जवेगु भन्छन् ‘अहिले सिलामक साक्माको चारवटा काम हुन्छ ।’र्
बिशेषत चार ओटा कामको आधारमा यो महत्वपूर्ण सामाग्रीलाई प्रयोग गरिन्छ । सेरिताग्मा चट्टान पर्दैन भन्ने विश्वास रहेका छ । यस्तै बाट जोगाउने भन्ने बिश्वास गरिन्थियो । घरमा लराङ्मा अर्थात अर्थिङ आउन दिदैन भन्ने बिश्वास गरिन्थ्यो । हिङ्लाम सेङ्मालाई बाच्ने बाटो संरक्षक गर्ने भन्ने विश्वास छ । र सिलामलाई साक्मा मृत्युको बाटो छेक्ने कामको रुपमा यस्लाइ लिइन्छ।
सिलाम साकमा पहिला काचो धागोबाट बनाइन्थ्यो अहिले उनिको रंगीचंगी धागोबाट बनाइन्छ । सिलाङ साक्मा बनाउने आफ्नै नियम छ । सिलाम सक्मा मुन्धुममा वर्णित छ । सिलाङ साक्मा बनाउदा तङ्सिमहरुमा मुल बिन्दु सहित आठओटा घेरा भएको निर्माण गरिन्छ । तङ्सिङ् अनुष्ठानमा सहभागीका घरमा मा दैलोमा झुन्डाउने गरिन्छ । सिलाम साक्मा कस्को लागि कसरी बनाउने भन्ने नियम पनि रहेको छ । फुवाचाङ्मा शिर उठाउने, दुर्घटना भएर मृत्यु भएको छ भने नौ फन्का र काल गतिले मरेको भए सात फन्कोे लगाएर बनाएको सिलाङ साक्मा प्रयोग गरिन्छ ।
विभिन्न विश्वासका साथ प्रयोग गरीने सिलाम साक्मा अचेल समारोहहरुमा देखिन्छ । लिम्बुजातीको अधिक बसोबास भएको क्षेत्रमा यसको प्रयाग गरिन्छ । समारोहमा ब्याजको साट्टोमा सिलाम साक्माको प्रयोग गरिन्छ । घरमा आउने पाहुँनलाई सिलाम साक्मा लगाएर स्वागत गरिन्छ । यो लगाउदा आर्कषक देखिन्छ । सिलाम साक्माको प्रयोग विशिष्ट किसिमले भईरहेको पाईन्छ । तङसिङमामात्र नभई साभा, सारोह, विवाह लगायतका बढि प्रयोग हुने गरेको बताउँछिन् सिता जवेगु लावती । उनी पाँचथर सदरमुकाम फिदिममा सिलाम साक्मा बनाएर बेच्छीन्
सिलामा साक्माको विशिष्ट पहिचान छ । यो समारोहमा आर्कषक बन्दै गएको छ । जिवनको सुरक्षा कवजको रुपमा मानिएको सिलाम साक्मा अहिले सामारोहमा आर्कषक बन्दै गएको छ ।