पाँचथर,असार २८। काेराेना सङ्क्रमणकाे जाेखिमलाई मध्यनजर गर्दै पाँचथरमा पहिलाे पटक स्मार्ट लर्निङ एप्लिकेशन बाट पठन पाठन शुरु गरिएकाे छ । पाँचथरको विद्या बरदान ईङ्लिस बाेडिङ स्कुलमा साउन १ गतेबाट याे प्रबिधिकाे उपभाेग गरि पठनपाठन सुरू गर्ने विद्यालयका साहायक प्रिन्सिपल अनुज भट्टराईले जानकारि दिएका छन । अन्य जिल्लाहरुमा पहिलो निशेधाज्ञा बाट नै अनलाइन कक्षा संचालन भएता पनि पाँचथर जिल्लामा भने पहिलाे पटक याे प्रविधिबाट बिद्या बरदान बोडिङ स्कुलले शिक्षण सुरूवात गरेको हाे । बिद्यालय बन्द हुदा बिद्यार्थीको पठन पाठनमा समस्या भएको थियो।
निजि बिद्यालयको छाता सङठन प्याब्सनले स्माट लर्निङ एप्लिकेशन बाट सबै निजि बिद्यालयलाई अनलाईन प्रविधिबाट कक्षा संचालन गर्नु भन्ने निर्देशन अनुसार कक्षा संचालन गर्न थालिएको हो।
हाल संचालनमा कक्षा ७ देखि १० सम्म अनलाईन कक्षा संचालन भईरहेकाे छ । विद्यार्थीकाे हाजिरि र हाेमवर्क एप्लिकेशनबाट गर्न सकिने भट्टराईले बताएका छन् ।इन्टरनेटकाे पहुचभन्दा बाहिरकाे विद्यार्थीको लागि एनसेल र स्माट लर्निङ एप बिच २५ जिबिडाटा ३०० रूपैयामा उपलब्ध गराउने सम्झाैता भएकाे छ ।अब विद्यालय डिजिटलाइजेशन प्रविधिबाट सुचारू हुन्छ । पढाइ सम्बन्धि खेल पनि एप्लिकेशन बाट गर्न मिल्ने भट्टराईले केन्जो खबर लाई जानकारी गराएका छन् ।
पाँचथर जिल्ला प्याब्सनका अध्यक्ष चन्द्र प्रसाद भट्टराईका अनुसार पाँचथरमा निजि विद्यालयकाे सङ्ख्या ४१ रहेकाे छ । पाँचथर जिल्ला भरि प्याब्सनको मातहतमा रहेका विद्यालयमा ३ सय ५० शिक्षक रहेका छन् भने ६ हजार ५ सय विद्यार्थी पठन पाठन गरिरहेका छन् ।
भर्चुअल विधिबाट निजि विद्यालयकाे छाता सङ्गठन प्याब्सनले सबै निजि बिद्यालयलाई अनलाईन प्रविधिबाट कक्षा सन्चालन गर्नु भन्ने सुझाव दिइएको छ अरू विद्यालयमा पनि चाडै याे प्रविधिबाट पठनपाठन हुने अध्यक्ष भट्टराईले बताएका छन् ।
पाँचथरमा पहिलाे पटक स्मार्ट लर्निङ एप्लिकेशन बाट पठन पाठन हुँदै
पाँचथरमा पहिलाे पटक स्मार्ट लर्निङ एप्लिकेशन बाट पठन पाठन हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस