काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपालसहित २३ सांसदलाई गद्दारको संज्ञा दिएका छन्। आज बिहान ट्विट गर्दै थापाले यिनै २३ को गद्दारीको परिणाम नै जनादेशविपरीत परमादेशबाट प्रधानमन्त्री नियुक्त गरिएको बताए।
थापाले नेकपा एमाले र अध्यक्ष नेतृत्वको सरकार ढालेर माधवकुमार नेपाल शेरबहादुर देउवाको वैशाखी बनेका आरोप लगाए। ‘नेकपा एमाले र अध्यक्ष नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको बैशाखी बन्ने र पहिलो बधाई दिन आतुर माधव कु. नेपालको निम्ति त यो हर्षविभोर क्षण होला! जनादेशविपरीत परमादेशबाट श्री शेबदेको प्रममा नियुक्ति “हलो ताछी मुङ्ग्रो बनाएजस्तै” हो। यिनै २३ को गद्दारीको परिणाम त हो!’, थापाले भनेका छन्।