काठमाडौं । शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निणर्य गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
शुक्रबार बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले देउवा नेतृत्वमा बनेको सरकारलाई बिश्वाशको मत नदिने निणर्य गरेको हो । तर यता नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षबाट ब्याक नहुने स्पष्ट पारेका छन् । उनले आफू अगाडि बढिसकेकाले कुनै हालतमा ब्याक नहुने भन्दै पक्षका नेताहरुलाई पनि खुट्टा नकमाउन भनेका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत माग्दा आफ्ना सांसदहरुलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गर्ने निणर्य भएको पनि ज्ञवालीले जानकारी दिए।
प्रवक्ता ज्ञवालीले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षलाई संकेत गर्दै ’कसैलाई विश्वास मत दिन मन लागे सर्वोच्च अदालतले बाटो खोलिदिएको’ बताए।
’कसैलाई विश्वासको मत दिन मन लागेको भए सर्वोच्च अदालतले बाटो खोलिदिएको छ। तर हामी प्रतिपक्षी हौं। प्रतिपक्षीय भूमिका निर्वाह गर्छौं,’ ज्ञवालीले भने।
देउवा सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय, पार्टीकाे निर्णय मान्लान त माधवले ?
देउवा सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय, पार्टीकाे निर्णय मान्लान त माधवले ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस