काठमाडौँ ।आज (आइतबार) नेकपा एमालेको बैठक बस्दै छ।
बैठक यसअघि निर्धारित समयमै अर्थात् बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
शनिबार साँझ बालकोटमै पुगेर विघटित कार्यदलका सदस्यहरूले आजको बैठक रोक्न आग्रह गरे पनि अध्यक्ष केपी शर्मा ओलीले नमानेका हुन्। ‘अनुरोध त धेरै अगाडिदेखि अनुरोध हुँदै भइरहेकै हो, सार्दै सार्दै आएको पनि हो, अब जे हुन्छ, औपचारिक रूपम पार्टी बैठकमै हुन्छ, बैठकमा भाग लिनुपर्यो। आफ्ना कुरा बैठकमै राख्नुपर्यो,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै कार्यालय सचिव तामाङले आइतबार बिहान नेपालखबरसँग भने, ‘किनभने कार्यदलले गरेको १० बुँदे सहमतिलाई पार्टीले ग्रहण गरिसकेको छ, अनुमोदन गरिसकेको छ।’