नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपि काेइरालाकाे स्मृतीमा पाँचथरका विभिन्न ठाँउमा सम्झना गरीएकाे छ । नेपाली काग्रेस र उस्का भातृसंस्थाले यस्ताे कार्यक्रम राखेका हुन् ।
वीपि काेईरालाकाे स्मृति दिवसकाे अवसरमा जिल्लाका फालेलुङ गाउपालिका, हिलिहाङ गाउपालिकाकाे जाेरपाेखरि, तुम्मेवा गाउपालिका र फिदिम नगरपालिका वडा नम्बर ११ मा ३९ अाै वीपी स्मृति दिवसकाे अवसरमा एक कार्यक्रम सम्पन्न भएकाे छ। फिदिम नगर पालिका वडा नंः ११स्थित पाटी कार्यलयमा वडा कार्य समितिले अायाेजना गरेकाे उक्त कार्यक्रममा वीपि काेईरालाकाे तस्विरमा माल्यर्पण गरि कार्यक्रम उद्घाटन गरिएकाे थियाे ।कार्यक्रममा बाेल्ने सबै वक्ताले वीपीकाे विचारमा रहेर काङ्ग्रेस अगाडि बढ्नुपर्ने बिषय जाेड दिए ।कार्यक्रम जिल्ला महाधिवेशन प्रतिनिधि अम्बिका प्रसाद न्याैपानेकाे प्रमुख अातिथ्यता साथै जिल्ला अामन्त्रित सदस्य देबिप्रसाद न्याैपानेकाे विशेष अातिथ्यता साथै वडाका सकृय कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम वडा सभापति धनपाल नेम्बाङकाे अध्यक्ष्यतामा सम्पन्न भएकाे हाे।