सुनसरी र धनकुटा जिल्लाको संगम स्थल हो भेडेटार, धरानबाट २१ किलोमिटर उत्तरमा समुन्द्र सतह बाट १ हजार ,४ सय २० मिटर उचाइमा रहेको भेडेटार अत्यन्तै सुन्दर पर्यटक स्थल हो। भेडेटार पुर्बको सुन्दर स्थल मध्ये एक हो ।गर्मी भएको बेला झट्ट फ्रीज खोल्दा कति चिसो आनन्द महसुस हुन्छ हो त्यस्तै छ यो ठाउँ । भेडेटार धरान,इटहरी ,बिराटनगरका आन्तरिक पर्यटकको दैनिक जसो गर्मी छेल्न आउने स्थल हो ।चिसो सिरेटो, बद्ली रहने मौसम,कहिले पानी को सिमसिम त कहिले कुहिरोले भरिभराउ रिसाउदै फकिने नाबालक झै त्यस्तै छ भेडेटार । हरेक चोटि भेडेटार पुग्दा हरकोहिको मन पुलकित हुन्छ । प्राकितिक मनमोहक अनि शितलता खाने चौतारी हो भेडेटार।
सुन्दरताले मात्र होइन साहसी खेलले पनि आफ्नो परिचय बनाउदै छ भेडेटार ,जिपलाइन साहसी खेल मध्ये को एक हो। भेडेटार देबिथान जिपलाइन २०७६ सालमा शुरुभएको हो। करिब ३ करोड लगानिमा सन्चालनमा आएको जिपलाइनले आन्तरिक पर्यटक लाई अझै आकर्षित गरेको छ।
यहाँ जिपलाइन तिन किसिमले खेल्ने गरिन्छ सिङल क्लासिक,कपल क्लासिक अनि सुपरम्यान गरि तीन साहसिक खेल खेल्न पाइने संचालक दोलिका लिम्बू बताउछन। सिङल क्लासिक, बसेर खेल्ने खेल हो।कपल क्लासिक मा जोडि सङै उड्न सकिन्छ भने सुपर म्यानमा चरा झै उडेर खेल्ने गरिन्छ। लिम्बुका अनुसार सिङल क्लासिक लाई १ हजार २ सय, कपल क्लासिकको लागि २ हजार र सुपरम्यानको लागि १ हजार ५ सय लाग्ने छ उनले थपे कपल क्यासिकको लागि १ सय ३० केजि भन्दा बढी भए हामी गराउदैनौ। दैनिक जसो सयौको संख्यामा साहसिक खेल खेल्न आउने बिशेषगरि नया बर्षमा र शनिबार धेरै संख्यामा आउने गरेको लिम्बू बताउछन् ।
कहिले नाम्जेको बजार ले त कहिले नमस्ते झरना कहिले चाल्स पोइन्ट बाट देखिने सुन्दर धरान बजार, धनकुटा जिल्ला,र घाम लागेको बेला ताप्लेजुङ सम्म देखिने कारणले होस या सुन्दा अनौठो लाग्ने आत्माघरले पनि पर्यटक आकर्षित हुने गरेको स्थल हो भेडेटार , नाम्जेको होमस्टे त्यहाको सुन्दर मौसम अनि हिमाल, पहाड, तराइ एकै स्थलबाट अनुभुती गर्न सकिने पर्यटक स्थल भेडेटार। यहाँ आन्तरकिं मात्र नभइ बाह्य पर्यटकको पनि भिडभाड हुने यो क्षेत्र अहिले भने केही सुनसान छ,कोरोना महामारिले गर्दा पर्यटकमा कमि आएको छ। जस्को असर जिपलाइन खेल्न आउने पर्यटकलाई पनि परेको लिम्बू बताउछन्।
भेडेटार देखि देबिथान सम्मको ६ सय ५० मिटरको दुरि ३५ सेकेन्टमा पूरा हुन्छ। वरिपरि कुहिरोले घेरेको नागबेली सडक ,थुम्का थुम्की अबलोकन गर्दै यो साहसिक खेल खेल्न सकिन्छ। सुरक्षागार्ड अपनाएर सुरक्षित तरिकाले खेल खेलाउने गरेको राइडर बताएका छन् ।
प्रेमिल जोडि कपलक्यासिक नै खेल्न रुचाउँछन् । खेलको नाम सुपरम्यान भए पनि महिला सहभागितापनी उल्लेख मात्रमा छ । सहासिक खेल खेल्न रुचाउने मात्र होइन यो खेल खेल्दा कस्तो हुन्छ भनी अनुभव लिने पनि उलेख्य मात्रमा छन् ।
नजिकै रहेको नमस्ते झरना,चाल्स पोइन्ट, नाम्जेको सुन्दरता सङ रमाएर आएकाहरु पनि खेल खेल्न आउने गरेका छन् । यो सहासिक खेल खेल्नु अगाडि र पछाडिको उनिहरुको अनुभव पनि छुट्टै रहेको छ।
सुनसरि जिल्ला र धनकुटाजिल्लाको संगम स्थल मात्र नभएर प्रकृतिले दिएको अनुपम उपहार झै छ भेडेटार, व्यबस्थित होटल,होम स्टे, घुम्नका लागि विभिन्न स्थल,पहाड र तराईका खाध्यन समेत पाउने यो स्थल घाम लाग्दा टलटल टल्किने हिमालले थप सुन्दर बनाएको छ।आन्तरिक तथा बाह्य आगन्तुक ले अत्याधिक भिड हुने यो क्षेत्र कोरोना महामारिले भने केही थलिएको छ। यहाँ भएको प्राकृतिक सुन्दरता र पर्यटकलाइ लोभ्याउने साहसी यस्ता खेलहरुले सुनसरी र धनकुटा जिल्लालाइ मात्र होइन समग्र पुर्वी नेपाललाइ नै आर्थिक समृद्धिमा टेवा पुर्याउनको साथै साहसी बन्न उत्प्रेरित पनि गर्ने छ।