वरिपरि बाँसका झ्याङ छ भने देब्रेपटी सेउती खोलाले सुसेली हालेको छ। चराका चिरबिर आवाज अनि शान्त सुनसान केही सुनिन्छ त मात्र घण्टीको आवाज , यो स्थल हो सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर १४ मा पर्ने बिजयपुर डाडामा अबस्थित बुढासुब्बा मन्दिर। मन्दिर भन्दा भगवान हुनुपर्ने नत यहाँ कुनै भगवानको मुर्ती छ न त कोहि देबिको प्रतिमा नै छ।छ त माटोको ढिस्को ,धमिराले घर बनाए जस्तो देखिन्छ । देख्दा समान्य लाग्ने यो मन्दिरले आफ्नो छुटै इतिहास र बिशेषता बोकेको छ।
१८२९/३० तिर गोर्खा राज्य सङ सम्झौता गर्ने व्यक्ती यिनै सिद्ध पुरुष बुद्दिकर्ण राई जो बिजयपुर राज्यका मन्त्री थिए भन्ने बारे इमानसिङ चेम्जोङले किरातकालिन बिजयपुरको इतिहास भन्ने कितावमा यस मन्दिर र यिनै सिद्दपुरुषको बारे बर्णन गरेको पाइन्छ। बुढासुब्बा मन्दिर बारे स्थानियको पनि छुटै मान्यता रहेको पाइन्छ । बुढासुब्बा भन्ने व्यक्ती सिद्दपुरुष थिए जो शिकारको लागि त्रिशूल,माला, गुलेली मट्याङ्रा लिएर हिड्थे र कोहि केटाकेटी बिरामी पर्दा त्यही मट्याङ्रा घोटेर चटाउदा निको हुन्छन भन्ने जनस्मृती रहेको बताइन्छ। जब यी सिद्धपुरुषले समाधिमा लिन भए तब उनको गुलेली शिरमा राखेर लिन हुदा त्यही बाट बास उम्रीएको र यहाँको बाँसको टुप्पो नभएको भन्ने जनस्मृती रहेको स्थानिय बौद्धिक व्यतित्व धरान महेन्द्र बहुमुखी क्याम्पसका पुर्व सह प्राध्यापक राजेन्द्र शर्मा बताउनुहुन्छ।
हेर्दा समाधी स्थल जस्तै देखिने यो मन्दिर परिसरमा काग न आउने, शीत नपर्ने,बासको टुप्पो नहुने जस्ता विशेषता रहेको छ । यो मन्दिर परिसर नजिकै अर्को बुढिसुब्बिनिको मन्दिर पनि रहेको छ माटो को डिस्कोमा पुजा अर्चना गर्ने गरिन्छ।हिन्दु धर्मावलम्बीले सिद्दबाबा किरातेश्वर महादेवको रुपमा पुजा अर्चना गर्छन् भने
किराती तथा गैरकिरातीहरूले इस्ट देवताको रुपमा मान्दछन। बूढासुब्बा मन्दिरमा प्रत्येक शनिवारका दिन र बैशाखे पुर्णिामामा बिशेष पुजा हुने मेला लाग्नुको साथै चण्डि नाच हुने गर्दछ यहाँ लाखे नचाउनु नहुने मान्यता पनि रहेको छ। बिशेष दिनमा ठूलो भिडभाड हुने यो स्थलमा बूढासुब्बालाई कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ। नेपालका विभिन्न स्थानमा बसोबास गर्ने जातजातिले आफ्नो मनोकामना सिद्धिका लागि भाकल गर्ने र सो प्राप्त भएमा पशुबलि चढाउने प्रथा रहिआएको पाइन्छ। विशेष गरी शनिवारका दिन कुखुरा, सुँगुर, आदि बली दिएर पूजा अर्चना गर्ने देश विदेशका भक्तजनहरूको घुईंचो लाग्ने गर्दछ। बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरु छन् जसलाई बूढासुब्बाको रूपमा पूजा आजा गर्ने चलन छ।
मन्दिर आसपासमा भएका बाँसमा पहिला–पहिला नाम लेख्ने चलन थियो । बाँसमा नाम लेख्दा प्रेमी प्रेमिकाको माया प्रेम सफल हुन्छ भन्ने किमादन्ती रहेकाले मन्दिरमा दर्शन गर्न आएका युवायुवतीले बाँसमा नाम लेखेर मात्र फर्कन्थे ।
यही बुढासुब्बा मन्दिरभित्रको प्रेमिल प्रचलनलाई सम्बोधन गर्दै गायक सबिन राइको ‘गुराँसको फेदमुनि’ बोलको गीतमा भनेका छन
आजै गई बुढासुब्बा लेखौँ नाम बाँसैमा !
कत्ति बस्नु म तिमी आउने आशैमा।
तर, बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संक्षरण गर्न नाम लेख्न मन्दिर समितिले रोक लगाएको छ । अहिले बुढा सुब्बा मन्दिरमा पुजा गरी बाँसमा धागो बाँध्रने चलन छ । यसरी धागो बाध्दा प्रेमी प्रेमिकाहरूको प्रेम सफल हुन्छ भन्ने मान्यता रहेको छ।
शनिबार र बिशेष दिनमा दर्शन गर्न आउने दर्शनार्थी र प्रेमिल जोडि अहिले देखिदैनन । तुलनात्मक रुपमा भन्दालकडाउन अगाडि अन्य पर्यटक साथै धार्मिक दर्शनार्थी आउने यो स्थल कोरोना महामारिले गर्दा यो क्षेत्र सुनसान छ।अन्य क्षेत्रलाइ जसरी कोरोना महामारिले प्रभावित पारेको छ त्यसरि नै यहाँ फुल प्रसाद व्याबसाहिलाइ पनि थलापारेको छ। फुल प्रसाद बिक्रि गरिरहेका व्यबसाहिलाइ व्याबसाय खस्किदा दुख लागेको छ तर व्यापार खस्किदाको दुख भन्दा सरकारी निकायले देखाएको जिम्मेवारी प्रती निरास छन व्याबसायी
प्रेमिल जोडि हुन या पुजा आजा गर्ने दर्शनार्थिको उल्लेख्य संख्यामा चहलपहल हुने यो क्षेत्र प्राकृतिक रुपमा सुन्दर मात्र होइन बहुधार्मिक स्थल समेत रहेको छ। यहाँ आउने पर्यटकले धार्मिक लाभ मात्र होइन,प्राकृतिक सुन्दरताको दृश्य पनि आफ्नो मानसपटलमा सजाएर जाने गर्छन।