हरिया चियाका बुट्टा,नागबेली सडक अनि थुम्का थुम्की पहाड,चिसो सिरेटो,बदलिरहने मौसम,कुहिरोले लुकामारी खेलेको दृश्य हेर्ने नै हो भने अन्त जानू पर्दैन ।जानू पर्छ त इलाम जिल्लाको कन्याम। नेपालका २० उत्कृष्ट घुम्नैपर्ने पर्यटकीय गन्तव्यको सूचीमा समेटिएको स्थल हो कन्याम। झापा जिल्लाको चार आलि बाट लगभग ४० किलो मिटर को दुरिमा पुगिने यो स्थल अत्यन्तै मनमोहक छ।
तराइको गर्मी छल्न होस या पारिवारिक घुमघाम गर्न, या प्रेमिल जोडिको नै किन नहोस पहिलो रोजाइ हुन्छ कन्याम, झापाको चारआलीबाट १ घन्टा २० मिनेटको उकालो लागेपछि पुगिने कन्यामको सौन्दर्यले जोकोहीलाई मन्त्रमुग्ध पार्छ । बादलको घुम्टो ओडेको कन्याममा चियाका बुट्टासँग लुकामारी खेल्दै सेल्फी खिच्नेको भिड हुन्छ ।
त्यसैत सुन्दर कन्याम,झन लकडाउन पछि बद्लिएको स्वरुपले थप रमणिय बनेकोछ।
सूर्योदय नगरपालिका र सडक डिभिजन कार्यालय, इलामले सडक फराकिलो बनाएपछि कन्यामको सुन्दरता थप बढेको हो । कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञाको समयमा कन्यामले मुहार मात्र बदलेको छैन, पर्यटकको मन भुलाउने प्रमुख गन्तव्यसमेत बनेको छ ।
कन्याम बदलिनु पुर्व र निशेधाज्ञा अगाडि शनिवार,र बिशेष दिनमा पिकनिक आउने,घुम्न आउने नजिकै रहेको सानो पाथिभरा दर्शन गर्नेको उल्लेख्य भिडभाड हुने यो क्षेत्रमा पर्यटकको अहिले पनि खासै कमि देखिदैन। चिया टिपिरहेको दृश्य ,फोटो, भिडियो तथा टिकटक बनाउनेको दृश्य पनि कम मनमोहक छैन। कन्याम लेखेको होडिङ बोर्ड मा फोटो खिच्ने तन्नेरिको भिड देखिन्छ। जोडि फोटो खिच्नमा टिकटक,बनाउन र भिडियो खिच्न तल्लिन देखिन्छन् ।
कन्यामले एक चोटि घुम्न आएकाहरुलाइ पनि बारम्बार तानिरहन्छ।
सडकको स्तरोन्नति र रंगरोगनसँगै कन्याममा अहिले पर्यटकका लागि पदमार्ग, घोडचढी मार्ग, ठेला पसल र चिया नास्ताको लागि व्यवस्थित पूर्वाधारको निर्माण गरिएको छ । कन्यामलाई दिर्घकालीन योजना बनाएर पर्यटकीय हब बनाउन पालिका लागि परेको नगरप्रमुख रणबहादुर राई बताउनुहुन्छ ।
निशेधाज्ञा पछि यहाँका घोडचढी, विभिन्न जातजातिका भेष भुषाले सजिएर फोटो खिच्नेको कमि भने आएको छ। यहाँको सुन्दरताले सामाजिक संजाल मार्फत चिया कमान र इलामको बारे विश्वभर चिनाइरहेको छ भने आन्तरिक तथा बाह्य पर्यटकको मन भने लोभ्याइरहेको छ।
यहाँ थुपरै फिल्म,मिउजिक भिडियो हरु छायांकन भएका छन भने बुकु मुकारुङ र कुन्ती मुक्ताङ्को इलामे शहर चियाबारी राम्रो गितले झन यहाँको लोकपृयतालाइ झन निखारेको छ। नेपाली फिल्म साथिको अत्यन्तै कर्ण प्रिय गित उडि उडि हिड्छ मन चिया बारिमा भन्ने गितले पनि यो क्षेत्र चिनाउन मद्धत गरेको छ।
चिया, अलैँची, अकबरे खुर्सानी, अदुवा यहाँका उत्पादन हुन। कन्यामले इलाम जिल्लालाइ मात्र होइ बिश्व सामु पुर्बी नेपाल र समग्र नेपाल अनि नेपालिलाइ चिनाउन पनि मद्धत गरेको छ।