पाँचथर– चियाका लागि पूर्वी पहाडी जिल्ला इलाम चर्चित छ । चियाले इलामलाई सजाएर सुन्दर बनाएको छ । चियाकै कारण विभिन्न ठाँउ पर्यटकिय गन्तव्यको रुपमा विकासित भएका छन् । यस्तै महत्पूर्ण गन्तव्यको रुपमा इलामको देउमाई नगरपालीको पानीटार पनि रहेको छ ।
थुम्कीला डाँडामा लगाइएको चिया, फराकिलो तथा लोभलाग्दो चिया बगान क्षेत्र अत्यान्त सुन्दर छ । चियाबारीको बिचबाट अघि बढेको सडक उत्तिकै लोभालाग्दो देखिन्छ । यो ठाँउमा घुम्न जानेको संख्यामा पछिल्लो समय बढोत्तरी हुन थालेको छ । इलाम बाहेकका पाँचथर, झापा लगायतका जिल्लाबाट पनि आन्तरीक पर्यटक यहाँ पुग्छन् । त्यहि भएर यहाँ होमस्टे लगायतका अन्य पूर्वाधारको विकास गर्न थालिएको छ ।
‘सौन्दर्यतामा रमाउन उपयुक्त थलो पानीटार रहेको छ । यहाँ विभिन्न ठाँउबाट घुम्न आउनु हुन्छ’ पानीटार क्षेत्र पर्यटन विकास समिती, इलामका अध्यक्ष पासाङ शेर्पा भन्छन् ‘यहाँ आएपछि दिलखोलेर रमाउन सकिन्छ ।’
तस्बीर खिच्च, घुम्न तथा केहि दिन आनन्दका साथ समय कटाउनका लागि यो ठाँउ महत्पूर्ण छ । हिँउको समयमा बनभोजकालागि समेत यहाँ विभिन्न ठाँउबाट आउने गरेको पाईन्छ । चियासँग गासिएको यहाँको सौन्दर्यतामा लोभिनेहरु प्रसस्त छन् ।
त्यसो त यहाँ चलचित्र, म्युजिक भिडियो सुटिङ भएका छन् । यहाँ पानीटार चिया बगानमा मात्र हैन दृश्यावलोकन गर्ने स्थान, मन्दिर, खेलमैदान लगायतले पर्यटकको मन लोभ्याउने गरेको छ । साईकलमा आएर घुम्नेहरु पनि छन् । पर्यटक तान्ने सम्भावना बोकेको पानीटारलाई प्रचारमा ल्याउन स्थानियले मेहनत गर्न थालेका छन् । पानीटारका डाँडाकाँडाबाट जिल्लाका विभिन्न स्थानसँगै तराईका फाँटसमेत देख्न सकिन्छ । यस क्षेत्रमा छरिएर रहेका विभिन्न जातजातिको संस्कृतिले पनि यो क्षेत्र महत्वपूर्ण छ । सिदिथुम्काडाँडा, अजम्बरेडाँडा, जितपुरको झ्याउपोखरी लगायतका पर्यटकीय क्षेत्र पनि नजिकै छन् ।
पानीटारको चियाबारीभित्र ठाउँ–ठाउँमा बस्ने र रमाइलो गर्ने स्थानहरू निर्माण गरिएको छ । त्यस क्षेत्रमा वनभोजका लागि पनि टाढाटाढाबाट आउने गरेका छन् । मेचीराजमार्गको नेपालटारबाट यहाँ जान सकिन्छ । पछिल्लो समय पूर्वी पहाडमा चर्चामा रहेको पानीटार क्षेत्र थप पूर्वाधारको विकास गर्न आवश्यक देखिन्छ ।