साझ पर्न लागेको थियो । फिदिम वार्ड नम्बर ४ का वार्ड अध्यक्ष धमाधाम मुर्ती बनाउने का गर्दै थिए । दैनिक साझ पाँच बजेपछि मुर्ती बनाउने स्थानमा पुग्ने गरेको उनी सुनाउँछन् ।
हुन त जनप्रतिनिधि को काम गर्ने समय भनेर यति नै हुदैन।तर उनी फुर्सत हुन साथ मुर्ती बनाउने स्थलमा पुगिहाल्छन । उनको घर छेउमै बुद्धको मुर्ती बनाउने काममा केहि बर्षदेखिनै खटिएका छन् । उनी बुद्धपार्क बनाउनकालागि लागेपरेका छन् ।
करिब २२ रोपनी जग्गामा बनाउन थालिएको बुद्धको मुर्ती ६५ फिट को बन्दै छ । बुद्धको मुर्ती बनाउने योजना उनको १४० फिटको थियो।तर समय र पैसाले आधामात्र बनाउन लागेको उनले केन्जो खबरलाइ बताएका छन । आन्तरीक पर्यटन प्रबर्द्धनको लागि यस्ता संरचनाले निकै ठूलो भुमिका खेल्ने उनको विश्वास रहेको छ ।
उनले आफ्नै लगानीमा अस्पताल चोक बाट गढी मन्दिर जाने बाटोपटि बुद्ध पार्क बनाउदै छन् ।
‘दुइटा बुद्धको मुर्ती बन्दै छन्’ उनी भन्छन “ आफै सबै काम गर्छु भन्ने लागेको थियो तर जनप्रतिनिथी भएको कारणले अन्यकाम पनि गर्नु पर्ने भएकाले फुर्सदमा मात्र बनाउन थालेको छु ।’ २०६८ साल बाट बनाउन थालिएको बुद्धको मुर्ती अहिले देब्रे हातको बुढी औंलाको काम भैरहेको छ। हेर्दा निकै आकर्षक देखिन्छ । भारपा,नाङिन,याङ्नाम बाट पनि झरलङ देखिने यो मुर्ति निकै ठुलो देखिन्छ। ६५ फिट अग्लो यो मुर्ती नजिकै अर्को पनि बुद्धको मुर्ती रहेको छ जुन बनिने क्रममा नै छ। ‘यो सँगै शिवको मुर्ती पनि बनाउने छौ र यदि कसैले अरु कुनै धर्म मान्नेले मुर्ती या प्रतीमा बनाउन चाहना राखे त्यसको लागि पनि जग्गा उपलब्ध गराउछौँ’
गुरुङ भन्छन् ‘केही न केही गरिरहन मन लाग्छ त्यही भएर पनि केही समय अगाडि जि ड्ब्लु यसमा सिकेको थिए । त्यहि सिकेर आफै बनाउन सिकेको हु । अहिले सम्म ५०प्रतिशत काम भैसकेको छ ।’
यो मुर्ती बनाउन २ करोड खर्च भएको र ४लाख ६७ हजार साथि भाइ ले सहयोग गरेका गुरुङको भनाई छ । कोहिले १४० बोरा सिमेन्ट ,कसैले ७० बोरा कसैले बालुवा सहयोग गरेका छन। उनी प्रधानमन्त्री स्वरोजगारका साथी हरुले पछडिको बाल लगाउन सहयोग गरेका छन् ।
आज भोलि मानिसलाइ नयाँ परिवेस मनपर्न थालेको छ । नयाँ ठाउँ, नौलो किसिमा संरचना रोजाईमा पर्न थालेका छन् । निर्माणकार्य हुँदै गरेको बुद्ध पार्क सम्पन्न भएपछि पक्कै पनि आन्तरीक पर्यटन प्रवद्र्धन हुने छ ।