पाँचथरको राँके देखि फिदिम सम्म सडक सरक्षाका लागि ५ सय ६० सोलार सडक बत्ति राखिएको थियो । एक बर्ष नै नबित्तै सिमित संख्यामा मात्रै ति बत्तिहरु भेटिन्छ । मेची राजमार्गकमा कुहिरो, हुसु लागेको बेला गाडी चलाउन सहज होस भनेर राखिएकार सोलार सडक बत्ति लथालिङ्ग भएको छन् । कतै चोरीएका छन् भने कतै भत्काइएका छन् जगलमात्र हैन बस्ती आसपासमा समेत चोरीएका तथा फुटाइएका पाईन्छ । सरकारले सडक सुरक्षाका लागि गरेको लाखौँ लगानी खेर गएको छ ।
यतिवेला यो खण्डमा साझ तथा रातीको समयमा गाडी कुदाउन निक्कै कठिन छ । हुसु बाक्लो लाग्दा बाटो देख्न सकिदैन । यो समस्यामा सहजताका लागि राखिएका सोलार लाईट लथालिङ्ग छन् ।
कतै बत्ति भत्काइएका छन्, कतै चोरीएका छन् । राजमार्गको छेउमा राखिएका बत्तिको डोबमात्र भेटिन्छ । यहाँ रहेको सोलार प्यानल, लाईट चोरीएका छन् भने कतै फुटाइएका छन् । यो राजमार्गमा रातको समयमा अत्याधिक फकि (हुस्सु) लाग्ने गर्छ । रातीको समयमा बाटोनै नदेख्ने अवस्था रहेको छ काहि काहि मात्र यस्ता लाईट बलका देखिन्छन्, अधिकतर लाईट भने भत्काइएका छन् । अहिले नगन्य संख्यामामात्र सञ्चालनमा रहेका छन् ।
एकातर्फ सरकारको लगानी खेर गएको छ भने अर्को तर्फ गाडी कुदाउन असहज भएको देखिन्छ । घुम्ती भएको सडक तथा अत्याधिक फगिका कारण समस्या हुने गरेको छ । पहाडको सागुरो बाटामो राखिएका यस्ता लाईट सडक सुरक्षाका लागि महत्पूणर् थिए । तर यहाँको लगानी खेर गएको छ ।
इलामको रोङ गाँउपालीकादेखि पाँचथरको फिदिमसम्म आर्थिक बर्ष २०७६/७७ सालमा सोलार लाईट राखिएको थियो । तीन हजारको संख्यामा यस्ता लाईट राखिएको थियो । पाँचथर खण्डमा राखिएका लाईट डोब र संरचनामात्र देखिन्छ । एकबर्ष नहुदैँ सोलार लाईट लथालिङ्ग भएको हो । कस्ले, कतिबेला सोलार लाईट भत्काए, चोरे भनेर अनुसन्धान हुन सकेको छैन् ।
सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गमा सोलार लाईट राखेको थियो । रातीको समयमा बल्ने गरी लाईट राखिएको थियो । सचेतना अभावका कारण सडक लाईट क्षती गराउने, चोर्ने काम भएको अनुमान छ
सोलार लाईट लागि बनाइएका संचरनामात्र भेटिन्छन् । सोलार तथा लाईट हराएका छन् । कतै तोडफोड भएको पाईन्छ । सडक सुरक्षाका लागि महत्पूणर् मानीएको यि लाईट नहुँदा दुर्घटनाको जोखिम त छदैछ सरकारी लगानी पनि खेर गएको छ ।