पाँचथर – संकटापन्न बन्यजन्तूको रुपमा रहेको रेडपाण्डाको संरक्षणका लागि पूर्वी पहाडका पाँचथर, इलाम र ताप्लेजुङ समुदायमा आधारीत रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन भईरहेको छ । रेडपाण्डा महत्वबारे दर्शाउदै सचेतनामूलक कार्यक्रम सञ्चालन हुदै गर्दा स्थानीय नागरिकपनि संरक्षणमा सचेत बन्दै गएका छन् ।
नेपाल सरकारले रेडपाण्डा संरक्षणका लागि पञ्चबर्षिय कार्यायोजना बनाएर कार्यान्वय गरिएको छ । रेडपाण्डा नेटर्वकले समुदायमा आधारीत रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरीरहेको छ । पूर्वी पहाडका पाँचथर,इलाम, ताप्लेजुङलाई पिआईटी करिडोर बनाएर समुदायमा आधारीत रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालीत छन् । संरक्षण सचेतना, अनुसन्धान, जीविकोपार्जन, पर्यटन प्रवर्धन र क्षमता विकासका लागि सन् २००७ देखि यि जिल्लाका काम भईरहेको रेडपाण्डा नेटर्वकले जानकारी दिएको छ । लजालु तथा आर्कषक देखिने रेडपाण्डा संरक्षणकालागि समुदायसँग मिलेर यो काम भईरहेको छ । पछिल्ला बर्ष पश्चिम नेपालका सात जिल्ला थपेर यो कार्यक्रम दश जिल्लामा सञ्चालन भईरहेको छ । प्रदेश १ का तीन जिल्लाबाहेक कालीकोट, जुम्ला, डोल्पा रोल्पा, जाजारकोट, रुकुम पूर्व र रुकुम पश्चिममा यो कार्यक्रम सञ्चालीत छ ।
रेडपाण्डा सम्बन्धी अनुसन्धान गर्ने, स्थानीय बासिलाई वन प्रतिको निर्भरता घटाउदै आयाआर्जनको बिकल्पकहरु खोज्ने, विद्यालय स्तरबाटनै सचेतना जनाउने जस्ता कार्यक्रम सञ्चालन भएका छन् ।
रेडपाण्डा नेटवर्कले स्थानीय संस्थासँग मिलेर यो कार्यक्रम सञ्चालन गरीरहेको छ । पाँचथर, इलम र ताप्लेजुङमा १३ स्थानीय तहमा संरक्षण कार्यक्रम सञ्चालीत छन् । रेडपाण्डाको गतिविधि अध्ययन, बन अनुगमन र रिर्पोटिङका लागि ६२ जना बन अविभावक राखिएको छ ।
समुद्र सतहदेखि २ हजार २ सय मिटर भन्दा माथि ४ हजार ८ सयमीटर सम्म पाण्डा पाईने रेड पाण्डालाई हाब्रेपनि भनिन्छ । मालिंगा र निगालो भएको शितोष्ण र चौडापात पाईने बनमा रेडपाण्डा पाईने बताईन्छ । रेडपाण्डाको प्राकृतिक बासस्थान विश्वका पाँच देश रेडपाण्डा पाईन्छ । नेपाल, भारत, भुटान, चिन, म्यानमार पाण्डा पाईने बताईन्छ । बन फडानी, जथाभावी निर्माणका काम, डडेलो तथा चोरी निकासीका कारण रेडपाण्डा जोखिममा पर्ने गरेका छन् । । अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसिएन)ले रेडपाण्डालाई सन् १९९६ सालदेखि सङ्कटापन्न जीवनको सूचीमा राखेको छ ।
इलाम, पाँचथर र ताप्लेजुङमा रेडपाण्डा पाईने क्षेत्रका विद्यालयमा ‘संरक्षण शिक्षा कार्यक्रम’ सञ्चालीत छ । रेडपाण्डा नेटकर्वकै पहलमा यहाँका विद्यालयमा कक्षा ६ र ७ मा संरक्षण शिक्षा कार्यक्रम सञ्चालीत छ । जिल्ला स्थित साझेदारसस्थासँग मिलेर यि कामहरु भएका छन् ।स्थानीय पाठ्यपुस्तक बनाएर पाँचथरका १०, इलामका ८ र ताप्लेजुङका ५ विद्यालयमा संरक्षण शिक्षा कार्यक्रम सञ्चालनमा रहेको छ । रेडपाण्डा संरक्षणमा स्थानीय बासिन्दापनि सचेत बन्दै गएको कार्यक्रम कार्यन्वयन गर्ने संस्थाको दाबि रहेको पाईन्छ ।
रेडपाण्डा हेर्नलाई सुन्दर छ । उच्च पहाडी क्षेत्रमा पाईने रेडपाण्डा संरक्षणका लागि स्थानीय तहको पनि ध्यान जानु आवश्यक पर्ने देखिन्छ । रेडपाण्डा हेर्नकालागि विदेशीपनि आउने भएकाले आर्थिक आम्दानी पनि बढ्ने देखिन्छ । रेडपाण्डाको अध्ययनका लागि बनमा क्यामेरा राख्ने, जिपिएस कलरिङ गर्ने लगायतका काम भएका छन् । इलाम, पाँचथर र ताप्लेजुङका बनहरु रेडपाण्डा लागि महत्पूर्ण मानिन्छन् ।
रेडपाण्डा संरक्षणका लागि अन्तराष्ट्रिय गैर सरकारी संस्थाले काम गरीरहेको छ । नेपाल सरकारले पनि पाँच बर्षे कार्ययोजना बनाएको छ । रेडपाण्डा संरक्षणका लागि चोरी निकासि नियन्त्रणका साथै रेडपाण्डा पाउने सामुदायि बन क्षेत्रमा रुख काट्न पूर्ण रुपमा रोक लगाउन आवश्यक छ । रेडपाण्डा पाईने ठाँउमा विकास निर्माणको काम गर्दा पनि तीनै सरकारले ध्यान दिन जरुरी छ ।