पाँचथर । ताप्लेजुङमा रहेको नेपालको दोश्रो तथा संसारको तेश्रो अग्लो कञ्चनजंघा हिमालको बेस क्याम्प पुग्दाको खुसि नहोला र ? कञ्चनजंघाको साउथ बेस क्याम्प ओक्ताङबाट देखिने हिमालको दृष्य सुन्दर थियो । तर यो पल्ट विगतझै यो ठाँउमा पर्यटकको जमघट थिएन । वाह्य पर्यटकले भरीने यो क्षेत्र सुनसान देखिन्थ्यो । यो पल्ट कमैमात्र आन्तरीक र केहि विदेशी पर्यटक यहाँ पुगेर दृष्यमा रमाएका छन् ।
कञ्चजंघा सर्किटमा नर्थ र साउथ गरि दुईवटा वेस क्याम्प रहेका छन् । विगतमा सिजनमा विदेशीले भरीभराउ हुने यि क्षेत्र यो पल्ट सुनसान छन् । पदमार्गक्षेत्रका होटलहरुमा चाप छैन् । होटलहरु पनि कममात्र खुलेका छन् । हिमाली क्षेत्रको पर्यटनको दुई सिजनमा पर्यटकको चाप भएन । आगामी सिजनमा यो क्षेत्र घुम्न आउनेको संख्यामा बढोत्तरी हुने आशा यो क्षेत्रका व्यवसायीले गरेको देखिन्छ । साउथ तर्फ भोटेगाँउ, तोरेङदेन, चेरम, रामजेरमा पर्यटकलाई लक्षित गरी होटल छन् । नर्थ झन धेरै व्यवस्थीत छ । सुविधासम्पन्न होटलहरु बनेका छन् । नर्थका लामाटार, ग्याब्ला, घुन्सा, खाम्बाचेन, लोनाक लगायतका ठाँउमा होटल छन् भने बाटै भरी टि हाउस भेटिन्छन् । सेलेले पास गरेर कञ्चनजंघा सक्र्रिट घुम्न सकिन्छ । तर दुई सिजनमा चल्न नसकेका यहाँका होटल अर्को सिजनमा उठ्छ कि भन्ने आशामा यहाँका व्यवसायी छन् ।
यो क्षेत्र कञ्चनजंघा सरक्षण क्षेत्रको रुपमा संरक्षित रहेको छ । ८ हजार ५ सय ८६ मीटर अग्लो कञ्चनजंघा हिमाल प्रख्यात छ । बेसक्याम्प घुम्नका लागि यम्फुदिन तथा रानीपुलसम्म गाडी पुग्ने पुग्ने भएकाले कञ्चनजंघा पनि नजिक हुदै गएको छ । कञ्चनजंघा संरक्षण क्षेत्र भित्र ८ हजार मीटर माथिको उचाई भएका ४ र ७ हजार मिटर माथिका १७ वटा हिमाल रहेका छन् । फक्ताङलुङ् हिमाल हेर्नलाई निक्कै सुन्दर छ । पदयात्रालागि अत्यान्त रोचक तथा महत्पूर्ण कञ्चनजंघा सक्र्रिट घुम्न २६ दिन लाने कञ्चनजंघा सरक्षण क्षेत्र परिषदले रुट बनाएको छ । तर नेपालीले यो भनदा छिटो समेत घुम्ने गरेका छन् । पछिल्ला बर्षमा यहाँका दृष्यमा रमाउन विदेशीहरु ठुलो संख्यामा आउने गरेका थिए ।
२०५४ सालमा यो क्षेत्रलाई कञ्चनजंघा संरक्षण क्षेत्र घोषणा गरीएको थियो । २ हजार ३५ बर्गकिलोमीटर क्षेत्र ओगटेको यो क्षेत्र संरक्षणका लागि २०६३ सालमा समुदायलाई हस्तान्तरण गरिएको थियो । हिउँ चितुवाकालागि पनि महत्पूर्ण छ । यो क्षेत्रमा रैथाने र घुमन्ते गरी २५२ प्रजातीका चरा पाईने कञ्चनजंघा क्षेत्र संरक्षण परिषदले प्रकाशित पुस्तकमा उल्लेख छ । यहाँ २ सय ६६ ताल रहेको उल्लेख छ । यो बर्ष थोरै संख्यामा आन्तरीक पर्यटक घुमेको यो क्षेत्रमा पदमार्ग, शौचालय लगायकाका कामलाई व्यवस्थीत गर्नु पर्ने देखिन्छ ।