पांचथर-ट्रु कलर एउटा अटो मोबाइल नम्बर पहिचान गर्न सक्ने एप हो । प्रथम पटक मिति २००९ जुलाई १ सार्वजनिक गरिएको हो । सबैभन्दा पहिला यो कुरा जान्न जरुरी छ कि आखिर ट्रुकलरले काम चाहिँ कसरी गर्छ । जब कुनै पनि प्रयोगकर्ताले ट्रुकलर एप डाउनलोड गरी त्यसमा लगईन गर्दछ, सबैभन्दा पहिला एपले उक्त व्यक्तिलाई केही अनुमति माग्दछ ।
जसमा कन्ट्याक्ट नम्बरको सूची मोबाइलमा सेभ रहेका सबै सम्पर्क नम्बर को अनुमति समेत हुन्छ । जब कुनै पनि प्रयोगकर्ताले ट्रुकलरलाई आफ्नो अकाउन्टमा एक्सेस दिन्छ, एपले उक्त व्यक्तिका सबै सम्पर्क नम्बर थाहा पाउन सक्छ र त्यसलाई आफ्नो सर्भरमा सेभ गर्दछ ।
यसबाट के हुन्छ भने ट्रुकलरमा सबैका नाम र सम्पर्क नम्बर सेभ भएर बस्दछन् । जब कुनै पनि प्रयोगकर्ताले ट्रुकलरमा कुनै पनि नम्बर सर्च गर्दछ वा उसलाई कुनै अपरिचित नम्बरबाट कल आउँदछ भने यो एपले आफ्नो सर्भरमा उसको नाम तथा जानकारी सर्च गरेर देखाइदिन्छ ।
कसरी गर्ने त ट्रुकलर प्रयोग ?
यदि तपाईंले कहिल्यै ट्रुकलर प्रयोग गर्नुभएको छैन भने यसलाई तपाईको मोबाईलको प्ले स्टोरमा जानुहोस र प्लेस्टोरमा रहेको सर्च बारमा ट्रुकलर(“Truecaller”) टाईप गरि इन्टर गर्नुहोस। त्यसपछि तपाईको मोबाईल स्क्रिनमा यो देखा पर्छ त्यसलाई ट्याब गरि यसलाई खोल्नुहोस त्यसपछि तल पटि गेट स्टारटेट अफ्सन देखा पर्छ त्यसमा ट्याब गर्नुहोस् तपाईलाई तपाइँको कल ईतिहास देखाउन र स्प्याम एसएमएस फिल्टर गर्न ट्रकलर लाई तपाइँको कल, सम्पर्क र एसएमएस को लागी पहुँच को आवश्यकता छ भनेर सोध्नेछ त्यसपछि निरन्तर मा थिच्नुहोस् तपाईलाई विभिन्न प्रश्नहरु सोध्नेछ त्यसपछि तपाईको इच्छाइएको अप्सनमा अलो र इच्छा नलागेको ठाउमा डीनाइ थिचेर अघि बढ्न सक्नु हुन्छ। त्यसपछि तपाईको फोन नम्बर सोधिएको हुन्छ त्यहा तपाईको फोन नम्बर इन्टर गर्नुहोस फोन नम्बर इन्टर गरेपछि तपाईलाई यो नम्बर तपाईको हो कि होइन भनेर यकिन गर्न भनिन्छ यदि तपाईको नम्बर सहि छ भने त्यसलाई कम्फममा क्लिक गर्नुहोस। त्यसपछि तपाईलाई यो एपको बारेमा जानकारी दिएको हुन्छ । त्यो तपाईले पढ्नुहोस र त्यसपछि तपाईलाई यो एप्लीकेशन राम्रो लागेका खण्डमा तपाईले एग्री र कन्टिनिउ मा क्लिक गर्नुहोस। त्यसपछि तपाईलाई एउटा नम्बरबाट कल आउछ यति गरिसकेपछि प्रयोगकर्ताको नम्बरमा २४ घण्टाभित्र कम्पनीले त्यसलाई एक्टीभ गर्दिछ त्यस पछि तपाईको फोनमा यो एप्लीकेशन एक्टीभ हुन्छ ।
ट्रुकलरको डेटाबेसबाट आफ्नो नम्बर हटाउन यसो गर्नुहोस
त्यहाँ अलि तल तपाईंले कन्ट्री कोड सहित आफ्नो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ । त्यसपछि दिइएको क्याप्चा अगाडि टिक लगाएर अनलिस्ट फोन नम्बर बटनमा क्लिक गर्नुहोस् । अब पपअप विण्डोमा तपाईंले अनलिस्टको बटन देख्नुहुनेछ, त्यसमा थिच्नुहोस। यति गरिसकेपछि प्रयोगकर्ताको नम्बरमा २४ घण्टाभित्र कम्पनीको सर्चेबल डेटाबाट तपाईंको जानकारी हट्ने म्यासेज आउनेछ । एक वा दुई दिनपछि तपाईंले आफ्नो नम्बर ट्रुकलरबाट हट्यो वा हटेन भन्ने कुरा चेक गर्न सक्नुहुनेछ । यदि तपाईंको नम्बर डिलिस्टिङ गर्दा समेत ट्रुकलरको सर्चेबलमा देखियो भने त्यो तपाईंको प्रोफाइलको लोकल क्याशमा सेभ भएको हुनसक्छ ।यस्तो अवस्थामा आफ्नो सर्च रिजल्ट डिलिट गर्नुहोस र पुनः प्रयास गर्नुहोस । क्याश क्लियर गर्नका लागि फोनको सेटिङमा जानुहोस र एप्सहुँदै ट्रुकलरको क्याश मेमोरी क्लियर गर्नुहोस ।यहाँनिर ख्याल गर्नुपर्ने कुरा के छ भने कुनै प्रयोगकर्ताको कलमा तपाईंको व्यक्तिगत जानकारी देखिन छोड्दैन । यसबाट केवल यति मात्र हुन्छ, कसैले ट्रुकलरमा तपाईंको नम्बर सर्च गर्दा त्यसमा तपाईंको कुनै पनि जानकारी देखिने छैन ।