पाँचथर । हिमाली तथा उच्च पहाडी क्षेत्र घुम्ने सिजन सुरु भएको छ । पछिल्ला बर्षमा चर्चित रहेको प्राकृतिक रुपमा अत्यान्त सुन्दर तिम्बु पोखेरी क्षेत्रको पदयात्रा गर्ने सिजन सुरु भएको छ ।
डाँडाहरुमा टावर झै केन्जो फूलेको छ । केन्जोमात्र नभई प्राकृतिक फूलबारीको रुपमा रहेको तिम्बु पोखरी आसपासका क्षेत्र अत्यान्त सुन्दर बनेका छन् । कतै अग्ला तथा कहिले होचा तर चिटिक्क पहाड । पहाडलाई स्पर्श गर्दै बगेको पानी उतिकै कञ्चन । तिम्बु पोखरीको प्रख्याती बढ्दै छ । अग्ला हरियाली पहाड, लेकाली फूलहरुले भरिएको फराकिलो भुगोल निकै आकर्षक छ । प्राकुतिक फूलबारीमा रंगविरंगका फूल।
यहि तिम्बु पाखेरी घुम्न जाने सिजना सुरु भएको छ । यो क्षेत्रमा रहका चौरी पालक तथा विभिन्न गाँउका बासिन्दाहरु पाहुनालाई स्वागत गर्न आतुर छन् । भदौँ–असोज यो क्षेत्र घुम्नका लागि उपयुक्त समय मानिन्छ । त्यसोत कार्तिक–मंसिर तथा हिउ परेको बेलापनि यहाँ आन्तरीक पर्यटक पुगेका छन् । तर ति बेला जोखिमपूर्ण हुन्छ । यहाँ रहेका चौरी गोठ कार्तिकदेखि औल झर्ने हुदाँ बस्ने ठाँउ नपाउन सकिन्छ । त्यहि भएर यहि बेला घुम्नका लागि उपयुक्त छ ।
पाँचथर र ताप्लेजुङको सिमानामा समुद्र सतहदेखि ४ हजार ४ सय ८० मीटर उचाईमा रहेको तिम्बु पाखेरी र आसपासका हिमाली क्षेत्रको आर्कषक दृष्यमा घुम्न जानेको संख्यामा बर्षेनी बढोत्तरी भईरहेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका रमाईला ठाँउहरु घुम्दै तिम्बु पोखरी पुगिने भएकाले यो आर्कषक गन्तव्य मानिन्छ । तिम्बुपोखरी पुग्नै पर्छ भन्ने धारण पूर्वी क्षेत्रमा बढ्दै गएको पाईन्छ ।तन्नेरी पुस्ताको निक्कै आर्कषण भेटिन्छ । विभिन्न किसिमका फूलहरु फूल्ने प्राकृतिक फूलबारीको रुपमा यो क्षेत्र रहेको छ । तिम्बु पोखरीमा पुँजापाठ गर्ने चलन छ । यतिवेला केन्जो, माईकोपिल, बुक्कीफूल, जट्टामासि लगायतका फूलले यो क्षेत्र ढाकिएको छ । लेकमा चौरीका क्रियाकलाप हेर्दै प्राकृतिक दृष्यमा रमाउने गरेका छन् । यो पल्ट तिम्बु पोखरी घुम्न जाने सिजन सुरु भईसकेको तिम्बु पोखरी क्षेत्रका गोठ सञ्चालक भीम भण्डारीले बताए । तिम्बु पोखरी ताप्लेजुङको सिदिङ्बा गाँउपालिका र पाँचथरको याङवर गाँउपालिको को सिमानमा छ । तिम्बु पोखरी र आसपासका क्षेत्रका अनेकन विशेषता रहेका छन् । पोखरीको पानीमा हुने फोहोर धोवी चराले टिप्ने गर्दा सफा देखिन्छ । चढाइएका पैसापनि टलक्क टल्किन्छ । पाँचथर सदरमुकाम फिदिमदेखि एकदिन गाडीको यात्रापछि दुई दिन पदयात्रा गरी तिम्बु पोखरी पुग्न सकिन्छ । तिम्बु पाखेरीको दर्शन विहानी पखको उत्कृष्ट मानिन्छ । लेकाली मौसम खुल्ने, विग्रिने भएकाले विहानीको मौसम उपयुक्त मानिन्छ । लेकाली क्षेत्रमा पाईने फूल र बन्यजन्तूहरु देख्न पाईन्छ । तिम्बु पाखेरी पुग्दा स्वर्गमा पुगे झैं लाग्छ ।कठिन भुगोल छिचोलेर पोखरी दर्शन गर्न पाइन्छ ।
तिम्बु पोखरीको प्रख्याती बढ्दै छ । पोखरी आसापसका दृष्यहरु लोभलाग्दा छन् । अग्ला हरियालीमस्त पहाड, विभिन्न जातीका लेकाली फूलहरुले भरीएको फराकिलो भुगोल निक्कै आर्कषक लाग्छ । प्राकृतिक फूलबारी , फूलका कतीको हो कती प्रजाती । फुत्त निस्कने कुहिरो र क्षणभर उग्रिने लेकाली मौसम भेटिन्छ । जैविक बिविधिता विशाल भण्डार भेटिन्छ । केन्जो, माईकोपिला, विख्मा लगायतका विभिन्न प्रकृतिका जरिवुटि पाईन्छ । चौरीहरु चरेको देखिन्छन् । भेडीगोठहरु छन् । लेकाली गोठपाल्ने चलन आर्कषक लाग्छ । ‘तिम्बु पोखरीको प्रख्याती बढ्दै गएको छ । चौरी गोठहरुमा बस्तै रमाइलो गर्ने भेटिन्छन्’ पदयात्रामा गाईड गर्ने मध्येका एक डिल्ली ओलीले भने ‘हरियाली तथा फूलफूल्ने समय भएकाले भदौँसम्ममा जानु बढि उपयुक्त हुन्छ ।’
सफा चिटिक्कको, जता हेर्यो उतै सुन्दर देखिने ठाँउ रहेको छ । तिम्बू आफूमात्र सौन्दयर्ता साटेर एक्लो फक्रिएको छैन जता हेर्यो उतै रमाउन सकिन्छ । फराकिला चौर, आर्कषक डाँडाहरु, हिमाली दृष्य, लेकाली भुवनोट, गोठहरु, जैविक विविधता यहाँको विशेषता हो । तिम्बु पोखरी जाने विभिन्न बाटोहरु छन् । पाँचथर सदरमुकाम देखि मध्यपहाडी लोकमार्ग हुदै वेतनीसम्म जिपमा पुगिन्छ । यहाँबाट कालीखोला हुदै पदयात्रा गर्न सकिन्छ । यस्तै मध्यपहाडी बाट गोरुजुरे हुदै पनि पदायात्रा गर्न सकिन्छ । यि मुख्य बाटो भएपनि तिम्बु पोखरी यात्राका लागि अरु पनि बाटाहरु रहेका छन् ।
खानबस्नकालागि चौरी गोठहरु रहेका छन् । चौरीको दुधबाट बनेका घ्यू, छुर्पि कोशेली लैजान सकिन्छ । सरकारले पर्यटकमैत्री पूर्वाधारविकासको कामगर्नु पर्ने स्थानीयको माग रहेको छ ।