फिदिम नगरपालिका वार्ड नम्बर ४ कि मिरा गुरुङ्लाइ रातो माटो खन्ने कामदार नपाएर हैरान छ । यो सिजन माटो खन्ने अनि बेच्ने सिजन हो । किनकि दशै पुर्व रातो माटो खोज्नेको चहलपहल हुन्छ । आज भोलि बजारमा रातो माटोले लिपपोत गरेका घर देखिन्नन खासै ,सिमेन्टले बनेका घर हुन्छन ।
सधै भरी सिघारिएका जस्तै देखिन्छन,बजारमा दशै तिहार आय जस्तो नि खासै देखिन्नन तर अझ पनि गाउँ घर तिर चार्ड पर्वमा रातो माटोले घर लिपपोत गर्ने चलन छ । रातो माटोले घर सिगारेपछिमात्र चार्डपर्व आए जस्तो लाग्छ । दशै नजिए सँगै रातो माटोको बिक्री धमाधम हुन थालेको छ । पाँचथर फिदिम नगरपालिका ४ चारखम्बेमा पर्ने मेची राजमार्गमा रातोमाटो थाक लगाएर राखेको देख्न सकिन्छ ।
पाँचथर,ताप्लेजुङ,इलाम,तेह्रथुमका गाउँ घर तीर पनि अझ पनि यस्को प्रयोगमा कमि आएको छैन । दसैँ–तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोको बिक्री हुने सिजन सुरु भएको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण गत बर्ष यस्को बिकृमा कमि आए पनि यस बर्षभने उलेख्य रुपमा रातो माटो बिक्री भएको बताउछन ।
यो बर्ष पोहोरको जस्तो कोरोनाको त्रास कम भएका कारण पनि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् । विशेष गरी फिदिमसँगै छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापासम्म रातो माटोको माग छ । असोज र कात्तिकमा अझ माग बढ्ने बिक्रेता बताउछन । प्रतिबोरा रु ६० देखि १०० सम्ममा रातो माटो बिक्री हुन्छ। कहिले १÷२ बोरा त कहिले ६०÷७० बोरा सम्म बिक्री हुने बताउँछन् ।
सिजनमा माटो प्रतिदिन ५० देखि १०० बोरा सम्म बिर्की हुने गरेको बताउछन ।
रातो माटो विशेष गरेर गाउँघर तिर प्रयोग गर्ने गरिन्छ । आफै बारिको माटो खनेर बिक्री गर्दा आम्दामी पनि हुने चार्ड पर्वमा राम्रो पनि देखिने ,त्यही भएर रातो माटो व्यवसाय गरेको गुरुङ बताउछिन । गाउँ जाने सवारी साधनले गर्दा व्याबसाय गर्न सहज भएको छ । बजारमा खासै बिक्रि हुदैन ।
पाँचथर जिल्लाको सदरमुकाम आउदा पहिला पहिला रातम्बे डाडा देखिन्थे तर यहाँको यातायात बिस्तार र बिकाश सङै ती डाडा मोटर गुड्ने मात्र देखिन थालेका छन् । यहाँको रातो माटोको बिशेषता छुट्टै छ । दशै तिहारको बेला छिमेकी जिल्ला ताप्लेजुङ,तेह्रथुम ,इलाम र धनकुटामा समेत यहीँबाट खरिद गर्ने गरेको पाइन्छ । भनिन्छ यहाँको माटोको रङ अन्य ठाँउमा पाइने रातोमाटोभन्दा चम्किलो हुने भएकाले पनि यहाँको रातोमाटो धेरैको रोजाइमा पर्ने गरेको हो। रातो माटोको महत्वलाई स्थानीय स्तरमा जोगाउन सके जिल्लाकै पहिचान पनि हुने अनि आम्दानिपनी ।