दैनिक जीवनमा मास्कको प्रयोग अनिवार्य बनेको छ । कोरोना भाईसर (कोभिड १९)को प्रकोपका कारण मास्क अपरिहार्य भएको छ । मास्कको प्रयोग रहर भन्दा पनि बाध्यता भएको छ । मास्कले ८५% सम्म कोरोना महामारी बाट जोगाउने विश्व स्वास्थ संगठनले उल्लेख गरेको पाईन्छ । कोरोनाको जोखिम अहिलेको पनि रहेको छ । घरभन्दा बाहिर निस्कीदा, भिडभडामा पुग्दा मास्को प्रयोग गर्नै पर्ने अवस्था रहेको छ । कोरोना तथा अन्य रोगबाट बचाउन प्रयोग हुने मास्को उचित व्यवस्थापन नहुँदा अनेक समस्या थपिने खतरा बढ्दै गएको छ ।
मास्क घर तथा सडकमा जथाभावि फ्याकिएको छ । यसले वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने विज्ञहरुले बताएका छन् । प्रयोग गर्न सचेतना जगाउने तर व्यवस्थापन गर्नका लागि सुझाव दिने काम समेत भएको देखिदैन । एक पटक प्रयोग गरेपछी यस्लाइ फेरि प्रयोग गर्न नमिल्ने मास्क अहिले बजारमा बढि उपलब्ध छ ।
जति उत्पादन र प्रयोग भएको छ त्यस्को तुलनामा व्यवस्थापन पटक्कै छैन । विश्व स्वास्थ संगठन भन्छ “प्रयोग पछि उचित व्यावस्थापन भएन भने मास्कले ठूलो दुर्घटना निम्त्याउने छ । मास्क लगाउदा जति यस्तो फाइदा छ त्यो भन्दा प्रयोग पछि जब फाल्छौँ मास्क बाताबरण र स्वास्थमा यस्ले बेफाइदा धेरै निम्ताएको छ ।’
एक पटक प्रयोग गरिएको मास्क जता जतै फाल्दा अन्य व्यक्तिहरुलाइ हावाको माध्यम बाट, विभिन्न किसिमका सरुवा रोग हरु पनि हुन सक्ने सम्भावना देखिन्छ ।
स्वास्थ मात्र होइन बाताबरणको दृष्टिकोणले पनि मास्कको व्यवस्थापन गर्न अत्यन्तै आवश्यक देखिन्छ । मास्कमा माइक्रो फाइफर नाम को तत्व हुन्छ जून हामिले प्रयोग गरिने प्लास्टिकको झोलामा पनि हुन्छ । प्लास्टिकको झोलाको तह ३० माइक्रोन भन्दा कम हुन्छ जुन स्वास्थ त वातावरण को दृष्टिबाट बाट प्रयोग गर्न उत्तम मानिन्दैन । तर मास्क मा प्रयोग भएको प्लास्टिकको तह १ देखि १० माइक्रोनको हुन्छ जुन मानव स्वास्थको लागि कति हानिकारक होला अनुमान लगाउन सकिन्छ । प्रयोग गरिसकेको मास्क सहि ठाउमा व्यवस्था नगर्दा फालिएका मास्क बगाउदै जलचरसम्मलाई असर पर्ने विज्ञहरु बताउँछन् । माटोमा नमिल्ने मास्क जतासुकै फ्याल्दा पर्यावरणका लागि ठुलो जोखिम भएको छ ।
एक अध्ययनका अनुसार संसारभरिका मानिसले १ सय २९ बिलिएन मास्क एक महिना भित्रमा प्रयोग गर्छन । एक मिनेटमा ३० लाख मास्क उत्पादन भैरहेको उक्त अध्ययनले देखाएको छ । महामारी बढिरहदा यस्को उत्पादन पक्कै घट्ने छैन ।
मास्क स्वास्थ्य सुरक्षाको दृष्ट्रिकोणले महत्पूर्ण भएपनि व्यवस्थापनमा सहि समयमा स्थानिय स्तरलाई सचेतना दिन नसके ठुलो जोखिम हुने देखिन्छ । यसतर्फ समयमै सम्बन्धीत निकायले ध्यान दिन आवश्यक छ ।