फिदिम । नेशनल लाइफ इन्स्योरेन्स पाँचथर शाखाले जिल्लाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । नेशनल लाईफ इन्स्योरेन्स पाँचथर शाखाका प्रमुख अर्विन सुनुवारकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका उत्कृष्ट ३२ जना अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।आर्थिक बर्ष ०७७/७८ मा उत्कृष्ट ब्यवसाय गर्ने पाँचथर शाखा अन्तर्रगतका अभिकर्ताहरु सम्मानित भएका हुन् । नेशनल लाइफ इन्स्योरेन्स जीवन बीमा कम्पनीमा आबद्ध भई कार्यरत अभिकर्ताहरुकाे कामलाई प्रोत्साहन गर्नका लागि सम्मान गरिएको शाखा प्रमुख अर्विन सुनुवारले जानकारी दिएका छन् ।
कम्पनीका अनुसार बरिष्ठ ब्यवसाय प्रवन्धक,ब्यवसाय प्रवन्धक र ब्यवसाय अधिकृत गरी ३२ जना उत्कृष्ट अभिकर्ताहरुलाई शाखाका प्रमुख सुनुवार र प्रमुख अतिथी दतात्रया दाहाल अतिथी रामचन्द्र बम्जनलेखादा,अबिर र सम्मानपत्रद्वारा सम्मान गरिएको हाे । नेपालकाे सवैभन्दा पुरानाे ३३ बर्षकाे इतिहास बाेकेकाे नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा व्यवसायमा चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ । प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनी मध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो।
आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो । कूल बीमाशुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमाशुल्क चार अर्ब भन्दा माथि पुर्याउन सफल भएको छ। नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको स्टाटस नै तलमाथि हुने गरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको छ र कम्पनीले थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता वर्ग उत्साहित र विश्वस्त छन् । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अव नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ।