पाँचथर । पाँचथरको याङवरक गाँउपालिकाको फलैचामा पाइने तिते माछाको ख्याती देश विदेशमा फैलिएको छ । साउन अन्तिम या भदौमा केहि दिन पाईने तीते माछाका विशेषता, महत्वका बारेमा विभिन्न चर्चा हुने गरेका छ । तर पछिल्लो दशकमा यहाँ इँवा लगायतका खोलामा तिते माछा पाउन छाडेको छ । विगतमा देश विदेश कोशेलिको रुपमा पुगेको यहाँको रैथाने माछा अहिले पाउन निक्कै कठिन बन्दै गएको छ ।
खोलाका आसपासका रहेका मुहानामा खोकीमा थापिने तितेमाछा कमैमात्र पाउन्न थालिएको छ । विगतमा तितेमाछा फूल्ने सिजनमा एकरातमा १ सय ५० केजीसम्म पर्ने भएपनि अहिले रातभरीमा तीनचार केजी भन्दा बढि हुदैन । यसरी माछा घट्नुको मुख्य कारण खोलामा केरन्ट लगाईनु भएको यहाँका बासिन्दाको भनाई छ । माछा मार्नका लागि इन्भटर, ब्यट्रिका माध्यमबाट करेन्ट लगाईदिदा फूल पार्ने माछानै मर्ने हुँदा संख्या घट्दै जादा लोप हुने खतरानै बढ्दै गएको स्थानियको भनाई छ ।
इँवा खोलकै छेउमा रहेको मुलामा तीते माछाका लागि केहि स्थानीय रातभर ओडरमा बसेका थिए । विहानै मुलमा खोकीमा माछा त परेको थियो तर जम्मा तीन केजी । प्रसिद्ध तिम्बु पाखेरीबाट बग्दै आउने इवाखोलाका धेरै मुहानमा तितेमाछा पाउने भएपनि अहिले मुस्कीले केहि केजीमात्र पाउने गरेको छ ।
विगतमा माछा फूल्ने बेला गाँउभरी माछै माछा हुने यो ठाँउमा माछा पाउन मुस्कील छ । तितेमाछा मुलमा फूलपार्न आउनुलाई फूल्नु भनिन्छ । फूल पारेर फर्किने क्रममा यसरी माछा खोगीमा पारिन्छ । हरेक बर्ष साउन या भदौको केहिदिन माछा फूल पारेर फर्किन्छन् । तितेमाछा मुन्धुममा समेत बर्णित रहेका छ । इवाखोलाको अलवा मुवा खोलाका केहि मुहानमा पनि यस्तो माछा पाईन्छ । तर अचेल माछा पाउनछाडेको छ ।
स्थानीयहरु खोलामा करेन्ट लगाउदा यस्तो भएको बताउँछन् । यि खोला मिसिने विभिन्न खोलामा बनाएका जलविद्युत आयोजना, सडक निर्माण लगायतको पनि असर पुगेको हुन सक्छ । विगतमा माछा मार्न ठेक्का समेत लगाइन्थ्यो । अहिले माछा पाउनै कठिन छ । रैथाने माछाविस्तारै घट्दै गएकाले बेलैमा ध्यान पु¥याउनु पर्ने अवस्था रहेको स्थानीयको भनाई छ ।
तितेमाछाका अनेकन बिम्ब रहेका छन् । नेपाल एकिकरणका क्रममा पृथ्वी नारायण शाहा र लिम्बुवान बिच सम्झौता हुँदा तितेमाछा लिम्बुवानले नै प्रयोग गर्ने गरी राखिएको थियो । अनेकन महत्व बोकेको रैथाने तितेमाछा हरेक बर्ष घट्दै जानु चिन्ताको बिषय हो । तितेमाछा संरक्षण तथा घट्नुको अनुसन्धान गर्नु आवश्क छ । रैथाने माछाको संरक्षणमा तत्काल सम्बन्धीक निकायको ध्यान पुग्न जरुरी छ ।