फाट्टफुट्ट पानि पर्दै थियो, सरस्वती ढुङ्गानालाई अकबरे खुर्सानी टिप्न धमाधम थियो । झोलाभरी अकबरे खुर्सानी थिए । बारिमा अकबरे खुर्सानी मात्र होइन काक्रा, फर्सी, करेला, सिबि,फलफुलमा सुन्तला,जुनार फल्दै थिए त भर्खर टनेलबाट सिबि टिपिसकेर टमाटर रोप्ने तयारी थियो । प्याज,लसुन,अदुवा,अलैची , फुलकोपी,बन्दाकोपी,ब्रोकाउलि भने भर्खर रोपेको बारिका गरामा देखिन्थे । घरका पेटिमा खुर्सानी,टमाटरका बिरुवा थिए । उनको कृषि प्रतिको मोह नै बेग्लै छ ।
पाँचथर जिल्लाको सदरमुकाम फिदिम नगरपालिका २ अर्खोले कि सरस्वती ढुङ्गानाले २८ बर्ष देखि करिब २५ रोपनी जग्गामा तरकारी खेती गर्दै आएकी छिन् । उनले कसैको दवाबमा कृषी पेशा रोजेकी होइनन् ।शुरुमा श्रीमान बिदेशमा हुदा छोरा छोरी प्राइभेट स्कुल पढ्थे ,खर्च धान्न निकै मुस्किल हुन्थियो । कृषि तालिम लिने अबसर मिल्यो । त्यही तालिम पछि उनिमा तरकरी ,फलफुल खेती गर्ने रहर जागेको हो ।
उनको बारिका हरेक गराले देखाउछ उनको कृषी प्रतिको मोह । २५ रोपनी जग्गामा उनले तरकारी, फलफुल, लगाएकी छिन् । घरमा दुई माउ ठुला जातको गाई र गोठभरी बोयर जातिका बाख्रा छन् ।
कोरोना महामारिको बेला विश्व आकान्त बनेको बेलापनी उनको तरकारी बारिलाइ त्यस्को प्रभाव कहिले परेन । उनि भन्छिन ‘लकडाउन नहुदा बजार सम्म बोकेर लैजानु पर्थियो तर लकडाउनको बेला बजार सम्म बोकेर लाने समस्या बाट मुक्ती भएको थियो । घर घरै लिन गाडी आउथिथ्यो ।’ ‘उनी भन्छिन त्यो बेला त अझ सहज पो भयो । उनको बारिमा कृषि जन्य उत्पादन हरेक थोक देख्न पाइन्छ’ ।
राष्ट्रपति कृषि पुरस्कार बाट पनि सम्मानित भैसकेकी ढुङ्गाना । तालिमले यो पेशा गर्न सहज भएको बताउछिन् । कसरी बीउ निकाल्ने,ड्याङ बनाउन पनि जान्दिन थिन तर अहिले उनी लाखौको बिरुवा आफै उत्पादन गरेर बेच्छिन। मलको लागि गडौलाको कम्पोस्ट मल बनाउछिन् । सिचाइको लागि,थोपा सिचाइ र प्लास्टिक ट्यान्की राखिएको छ ।
बजारको पनि समस्या छैन । बार्है महिना जे फलाए पनि बेच्न सजिलै भएको छ । यो पेशामा खुशी छिन् । उनी भन्छिन् ” कृषि पेशामा बिहान ४ बजे देखि बेलुका ९ बजे सम्म समय दिनु पर्छ दुख पनि छ । तर गर्न सक्दा आम्दामी पनि हुन्छ ।” अहिले अकबरे खुर्सानी को सिजन हो । सिजनका बेला अकबरे खुर्सानी बाटनै महिनाको एक लाख जति आम्दानी हुन्छ । उनी भन्छिन् तर सधै चै हुदैन नभएको बेला पनि महिनाको ३५ हजार जति चै हुन्छ । अरुका बारिमा काक्राका बोट ओइलाएको देखिन्छ तर उनको बारिमा कतै पाकेको त कतै चिचिला लाग्दै गरेको त कतै खानेबेला भए जस्तो देखिन्छ । कतै फर्सीका गट्टा झुन्डिएका छन् । सुन्तला लटरम्म देखिन्छ । उनी भन्छिन सरकारले कृषक भत्ताको व्यवस्था गरे यो पेशामा आउन अझ हौसला हुने थियो । उनी आफू जस्तै अरु महिलालाइ पनि कृषी पेशामा आउन अनुरोध गर्छिन ।
पाँचथरमा कृषि उत्पादनको प्रशस्त सम्भावना छ । यहाँको उत्पादन अकबरे,अदुवा,अलैची,काक्रा,टमाटर,सुन्तला,किबि,चिया दैनिक उपभोगका दृष्टिले पनि महत्त्वपूर्ण छ । तरकारी तथा फलफुल प्रवर्द्धन ,किसानलाइ तालिम,प्रबिधिको सहयोग तथा जिल्ला बाहिर पनि बजार व्यवस्थापनका लागि बिशेषत स्थानिय सरकारले स्थानिय उत्पादनलाई प्रवर्द्धन गर्न सहयोग पुर्याउनु पर्ने देखिन्छ ।