पाँचथर । गाउँघरमा आज भोलि युवा खासै देखिदैनन । युवा खोज्न जाने नै हो भने बिदेश तिर नै जानू पर्छ । रोजगारिको लागि लाखौ युवा बिदेश गएका छन् । भने पाँचथर जिल्लाको फिदिम नगरपालिका ११ सेजेपाका सुमन न्यौपानेलाई भने काम गर्ने कामदार नपाएर हैरान छ ।
२०७१ साल बाट तरकारी खेतीमा मनग्य आम्दानी गरिरहेका सुमन न्यौपाने यतिबेला टमाटर टिप्न व्यस्त छन् । बेसिजनमा पनि मनग्य आम्दानी गर्न सकिने टमाटर यति बेला उनको टनेनमा प्रसस्त छ । २७ रोपनिमा उनले तरकारिखेती गरेका छन जस्मा १७ रोपनीमा ६५ वटा टनेल छ उनले टमाटर,प्याज,सिजनमा काक्रा पनि लगाउने गरेका छन । यो बर्ष टमाटरको मूल्य सुधार भएको छ । उनी अनुमान लगाउछन यो बर्ष २५ देखि ३० लाख सम्मको आम्दानी हुनेमा उनी ढुक्क छन् । उनी बिदेशिने परिपाटिको बिरोधि हुन उनि भन्छन बिदेशमा कति हुन्छ र ? गर्न चाहादा त्यहा कमाइने पैसा यहाँ कमाउन सकिन्छ ।
यहाँ उत्पादन भएको टमाटर प्याज तराइ सम्म पुग्ने गरेको छ । कृषि प्रतिको उनको चाख बेग्लै छ । उनलाइ घरपरिवार बाट पनि राम्रो सहयोग छ । उनको पाँचथरमा मात्र होइन अहिले उनले झापाको सडामतिमा ५२ बिगामा १०० माउ गाई र ३००० कुइटेल प्याज उत्पादन गर्ने योजना रहेको बताएका छन् ।
यति बेला टनेलमा भएको टमाटर माघ महिना सम्म बेचन सकिने उनले बताए । हप्तामा ६० कुइटेल टमाटर बिक्री गरिरकेका छन् । टमाटर मात्र होइन उनि सग प्याज पनि प्रसस्त छ । १३० कुइटेल प्याज बिक्री भैसकेको र ७० कुइटेल अझै बाकी छ तर प्याजको लागि भने भण्डारनमा समस्या छ उनी भन्छन गत बर्ष उत्पादन कम भयो भण्डारन मा समस्या भएन तर यस बर्ष प्याज पनि प्रसस्त फल्यो जस्ले गर्दा भण्डारन गर्न समस्या भयो । पानीपर्दा ढुवानी गर्न नै समस्या हुन्छ जस्ले गर्दा प्याज कुहिएर नष्ट हुन्छ । उत्पादन गर्न समस्या होइन भण्डारनमा समस्या छ ।
बाटो को कारणले गर्दा भनेको बेला पुर्याउन सकिँदैन ।बजार सम्म पुर्याउने ढुवानीमा समस्या छ । सरकारी क्षेत्रबाट ढुवानीमा सौलियत र अनुदान पाए यो क्षेत्रमा अघि बढ्न चाहने लाई सहज हुने थियो ।
पाँचथर जिल्लामा आलु , मुला,काक्रा, टमाटर लगाएतका नगतेबालिको प्रसस्त सम्भावना छ । बैदेशिक रोजगारीमा जाने युवा जनशक्तिलाइ कृषिपेशामा आकर्षित बनाउन सक्नु पर्छ। तिनै तहको सरकारले कृषि जन्य उत्पादनमा युवा लक्षित योजना बनाउन आवश्यक देखिन्छ ।