चाडपर्वको विदाको अवसरमा कतिपयको घुम्ने रहर हुन्छ । यतिवबेलाको मौसम गुम्नका लागि निक्कै सुन्दर देखिन्छ । पूर्वी पहाडी क्षेत्र प्राकृतिक रुपमा सुन्दर छ । धार्मिक विश्वास, प्राकृतिक सुन्दर तथा यहाँको जनजिवनमा रमाउन लायक छन् ।
विदा तथा मौसम खुलेको यो बेला पूर्वी पहाडका घुम्नु पर्ने ठाँउ यहाँ प्रस्तुत गर्छौ :
कञ्चजंघा बेस क्याम्प क्षेत्र
कञ्चनजंघा बेस क्याम्पसको यात्रा अत्यान्त आर्कषक रहेको छ । तर यो लामो यात्रा हो । नेपालको दोश्रो र विश्को तेश्रो अग्लो हिमाल कञ्चनजंघा बेस क्याम्प क्षेत्र अत्यान्त सुन्दर हिमाली क्षेत्र हो । फक्ताङलुङ लगायतका हिमाली क्षेत्र यहाँ पर्छन् । ताप्लेजुङ सदरमुकामबाट रानीपुल भन्ने ठाँउसम्म गाडीमा गएर वा पाँचथरको थर्पुबाट ताप्लेजुङको याम्फूदिनबाट पदयात्रा सुरु गर्न सकिन्छ । कंञ्चनजंघाका दुई बेस क्याम्प छन्, उत्तर र दक्षिण । दुबै बेसक्याम्प फन्को लगाउन दुईसता भन्दा धेर लाग्छ । एउटामात्र बेस क्याम्प पुगेर फर्किदा पनि हुन्छ । पादमार्ग क्षेत्रमा होटलहरु छन् । हिमाललाई नजिकबाट निहाल्दै घुम्नका मिल्ने यो ठाँउ पूर्वको आर्कषक गन्तव्य हो ।
पाथिभरा
पूर्वकि प्रसिद्ध पाथीभरा देविको दर्शकालागि यो समय उपयुक्त हुन्छ । मनोकामना पूरा गर्ने देविको दर्शनका लागि यो बेला उपयुक्त हुन्छ । हिमाल आँखा अगाडी देखिन्छन् । गर्मि नहुने तथा जाडो पनि कम हुने यो बेलाय पाथिभरा देविको दर्शन उपयुक्त हुन्छ । पूर्वी पहाडका बस्ती छिचोल्दै पाथीभरा पुगिन्छ । ताप्लेजुङको सुकेटारसम्म कालोपत्रे सडक छ ।त्यहाँदेखि काफ्ले पार्टीसम्म ग्रावेल सडक रहेको छ । त्यहाँबाट चार घण्टा हिड्दा पाथीभरा देविको दर्शन गर्न सकिन्छ ।
तिम्बु पोखरी
तिम्बु पोखरी आर्कषक गन्तव्यको रुपमा रहेको छ । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको यो पोखरी प्राकृतिक रुपमा सुन्दर छ । तिम्बु पोखरीका आसपासमा क्षेत्र हेर्नलाई आर्कषक छन् । जता घुमे पनि घुमिरहु लाग्ने यो ठाँउमा भदौँ–कार्तिक मा यात्रा गर्नु उपयुक्त हुन्छ । पाँचथर सदरमुकाम फिदिमबाट सात दिनमा पुगेर आईन्छ । पुष्पलाल –मध्यपहाडी) लोकमार्गमा गाडीमात्र यात्रा गरेपछि पदयात्रा गर्नु पर्छ । गाडी छोडेर दुई दिन हिड्दा तिम्बु पोखरी पुगिन्छ ।
चिवाभञ्याङ–पौवाभञ्याङ
केहि दिन डाँडै डाँडा घुम्न चाहानु हुन्छ भने चिवाभञ्यादेखि पौवाभञ्यासम्मको पदयात्रा गर्नुहोसा । मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु चिवाभञ्याङबाट हिड्दै फालोट पुगिन्छ । फालोटबाट सन्दकपुर, छिन्तापु हुदै पौवाभञ्याङ निस्किन्छ । यो रुट पदयात्राका लागि अत्यान्त आर्कषक रहेको छ । हिमाल हेर्ने, उच्च पहाडी क्षेत्रमा रमाउन सकिन्छ । चौरी चर्ने डाँडाहरु सुन्दर छन् । पौवाभञ्याङबाट यात्रा प्रारम्भ गरेपनि हुन्छ । विचमा गारो भए ठाँउ ठाँउबाट गाडी लाग्ने भएकाले यो यात्रा सुन्दर हुन्छ ।
सिलौटी–लब्रेकुटि
महागुरु फाल्गुन्नदले ध्यान, तपश्या गरेको तथा फाल्गुनन्दको समाधि स्थल रहेको यो क्षेत्र पनि घुम्नलाई सुन्दर रहेको छ । छोटो यात्रालागि यो उपयुक्त छ । डाडैँ डाडाँले घेरीएको यो ठाँउ घुम्नलाई आर्कषक छ । नजिकै साधुटार, सुकेपोखरी जस्ता गन्तवय रहेका छन् । मेचीराजमार्गसँग जोडिएकाले यि ठाँउ घुम्नलाई उपयुक्त हुन्छन् ।
पानीटार
इलामको देउमाइ नगरपालीकामा पर्ने पानीटार आर्कषक गन्तव्य हो । कममात्र चर्चा भएको यो ठाँउ चियाले सजिकएको छ । थुम्कीला पहाडमा रहेका चिया बगानमा रमाउन सकिन्छ । मेचीराजमार्गको नेपालटारबाट यहाँ पुग्न सकिन्छ । सडक सहज छन् । बस्नलाई होटल तथा होमस्टेपनि छन् । एकदिनको बास रमाईलो हुन्छ ।
सन्दकपुर–तुम्लीङ
सन्दकपुर चर्चित गन्तवय हो । सन्दकपुर–तुम्लीङ क्षेत्र केहि दिन घुम्नका लागि आर्कषक छन् । हिमाली दृष्यमा रमाउदै प्रकृतिसँग विचरण गर्न सकिन्छ । यहाँ बर्षेनी ठुलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आईपुग्छन् । केहिदिन यो यात्रा गर्नु उपयुक्त हुन्छ । यहाँ जाने गाडी पाईन्छ ।
कन्याम
तराई देखि नजिक रहेका यो गन्तव्य अत्यान्त सुन्दर र चर्चित रहेको छ । मेचीराजमार्ग आसपमासमा पर्ने चियाले आर्कषक बनाएको यो गन्तव्य जति घुम्यो, उति घुम्न मन लाग्छ । अहिले कन्यामको सौन्दर्यतालाई थप व्यवस्थीत र सुन्दर बनाउने काम भएको छ ।
श्रीअन्तु
सुर्योदयको दृष्यका लागि श्रीअन्तु चर्चित छ । यो क्षेत्र घुम्नलाई यो बेला उपयुक्त छ । पारिवारीक घुमघामका लागि पनि सहज छ । यहाँसम्म कालोपत्रे सडक भएकाले आनन्दले पुगिन्छ । सुर्योदयसँग अन्य दृष्यावोलोकन का लागि पनि सुन्दर छ । बस्नलाई होमस्टे, होटलहरु पर्याप्त छन् । यो पुग्नै पर्ने गन्तव्य हो ।
आउनुस, पूर्वीपहाड घुमौँ ।