साफ फाइनल आज : पावरहाउसबाट उपाधि खोस्ने दाउमा नेपाल

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको फाइनल खेल आज शनिबार माल्दिभ्समा हुँदैछ। मालेस्थित त्यहाँको राष्ट्रिय रंगशालामा हुने खेलमा उपाधिका लागि नेपालले भारतको सामना गर्नेछ।
पछिल्लो लिगको खेलमा नेपालले भारतसँग १–० गोलको हार बोहोरेको थियो। त्यो खेलमा नेपालले रक्षात्मक खेलेको र हार बेहोरेपछि नेपाली टिमलाई आजको फाइनल खेलमा जित निकाल्नका लागि दबाब बढेको छ। र, त्यो हारको बदला लिने अवसर पनि।
विगतको नतिजा जस्तोसुकै भए पनि त्यो विर्सिएर खेल्ने सहायक प्रशिक्षक किरण श्रेष्ठ बताउँछन्। नेपाल र भारतबीचको फाइनल खेल आज राति पौने ९ बजे सुरु हुनेछ।
भारतसँग पछिल्लो पटक खेल्नुअघि नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हार पक्का रहेको बताएका थिए। तर खेलपछिको पत्रकार सम्मेलनमा भने, ‘अब हामी लिग चरणमा इन्डियासँग हारेर फाइनलमा उसलाई हराउन चाहन्छौं। यो हारभन्दा त्यो जित निकै विशेष छ।’ त्यसपछि नेपालले बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको थियो।
यो प्रतियोगिता भारतका लागि भन्दा पनि नेपालका लागि धेरै महत्वपूर्ण छ। त्यो किनभने भारत १२ औं पटक प्रतियोगिताको फाइनल पुग्दा नेपाल पहिलो पटक फाइनल पुगेको छ।
यता नेपाली टिमलाई फाइनलसम्म पुर्याएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेपाली टिमसँगको यो खेल नै अन्तिम खेल हुनेछ। यसकारण नेपाली टिम प्रशिक्षक अलमुताइरीलाई उपाधिको उपहार दिन चाहन्छ।
दक्षिण एसियाको पावरहाउसको रुपमा रहेको इन्डियाले सात पटक उपाधि जितिसकेको छ। यता पहिलो पटक फाइनलमा पुगेको नेपालसँग उसले केही सहज महसुस गर्नेछ। किनभने नेपाल र भारतको विगतको नतिजाले पनि इन्डियालाई धेरै दबाब दिँदैन। जारी साफको समूह चरणको खेलमा पनि इन्डियाले नेपाललाई  दबाबमा राख्दै हराएको थियो।
त्यसअघि नेपाल र भारतको दुई मैत्रीपूर्ण खेलमध्ये एक खेल १–१ गोलको बराबरी भएको थियो भने अर्को खेलमा नेपालले हार बेहोरेको थियो।
अहिलेसम्म नेपाल र भारतले २२ पटक खेलेका छन्। जसमा नेपालले दुई पटक जित निकालेको छ भने पाँच खेल बराबरी भएका छन्। त्यसबाहेकका १५ खेलमा इन्डियाले जित निकालेको छ।
नेपाल र इन्डियाले पहिलो खेल सन् १९८५ मा खेलेका थिए। त्यसयता उनीहरुले २२ पटक खेलेका हुन्। पछिल्लो दुई …