पाँचथर– प्रधानमन्त्री शेरबहादुर देउवाले बाढि, पहिरो पीडितका लागि सरकारले विशेष राहत प्याकेज ल्याउने बताएका छन् । पाँचथरको राँके बजारमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले सरकारले यस अघिनै राहत घोषणा गरेकोमा थप प्याकेज अघि सार्ने बताएका हुन् ।
अल्पकालीन, दिर्घकालीन राहत प्याकेज ल्याउने उनले बताए । मन्त्रीपरिषदको बैठक राखि राहत प्याकेज घोषणा गर्ने उनको भनाई थियो । पाँचथर र इलामको विभिन्न पहिरो प्रभावित क्षेत्रको भ्रमण गरेर देउवा राँके आईपुगको थिए ।
पाँचथरको चिसापानी पञ्चमीमा पहिरो प्रभावित क्षेत्रको अवलोकन गरी देउँवा राँके आईपुगको थिए । पाँचथर लगायतका जिल्लामा बेमौसमी झरीका कारण ठुलो क्षती पुगेको भन्दैँ देउवाले राहत, पुनः स्थापनाका कार्यक्रम ल्याउने देउवाको भनाई थियो । सबैभन्दा बढि पाँचथरमा क्षती भएको बताउँदै देउवाले सरकारले समस्या बुझेका ले विशेष प्याकेज ल्याउने बताएका थिए ।
मेची राजमार्गलाई मर्मत सम्मार गरेर व्यवस्थीत बनाउने उनको भनाई थियो । मृत्यु, घाईत, वेपत्ता तथा ठुलो क्षती पुगेको उनले बताए । विस्पीतको घर बनाउने कुरामा पनि ध्यान दिने उनको भनाई थियो । सबै क्षेत्रलाई बाढि, पहिरो पीडतलाई सहयोग गर्न प्रधानमन्त्रीले आव्हान गरे । अहिले मुख्य प्राथमिकता उपचार, राहतनै रहेको उनको भनाई थियो । धेरै विस्तापितलाई एकै ठाँउ बसाउने योजना पनि ल्याउने उनको भनाई थियो । गाँउमा गरिने कुरा गाँउमा नत्र सहरमा सार्ने योजना बनाउँछौँ ।
प्रधानमन्त्रीले देउवाले इलाम र पाँचथरका सुरक्षा निकायका प्रमुखलाई निर्देशन समेत दिएका छन् ।
पहिरो पीडितलाई भेटेका देउवाले सकारले हरेक हिसावले सहयोग गर्ने बताएका थिए । पाँचथरमा पहिरोबाट ३० जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । सयौँ परिवार विस्तापित छन् । यस्तै इलाममा १४ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । देउवाले इलाम र पाँचथरका पहिरो प्रभावित अन्य क्षेत्रको हवाई निरिक्षण गरेका थिए ।
पहाडमा जताजतै सडक बनाउँदा समस्या
पहाडमा जतासुकै बाटो लगेर समस्या भएको देउवाले बताए । यहाँपनि, त्यहापनि जतासुके बाटो लगेको छ, यसले पहाडमा ठुलो क्षती हुने गरेको देउवाको भनाई थियो । पहाड खनेर खत्तम बनाएका छन् । यो रोक्नु पर्ने छ । यहाँमात्र हैन् देशभरका पहाडमा जथाभावि सडक बनाइएको छ । पहाडमा जतासुकै डोजर कुदाएर समस्या पारे । जहाँपनि बाटो लगेर पहिरोको जोखिम बढ्यो । यो रोख्नु पर्ने छ ।
काग्रेसको महाधिवेशन चाडै हुन्छ
प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काग्रेसको महाधिवेशन चाडैँ हुने बताएका छन् । अधिवेशन पछिहुने, पछि सर्ने भन्ने नभएको उनले बताए हुन् ।
पहिरो पीडितलाई भेट्न आएका देउवाले पाँचथर र इलामका नेपाली काग्रेसका नेता, कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हन् ।
‘अधिवेशन पछि हुन्छ, सर्छ भन्ने कुरा होईन अधिवेशन हुन्छ हुन्छ’ देउवाले भने ‘निर्वाचन समिति बनाएका छौँ, काम अघि बढेको छ । क्रिशासिलयको समस्या समितिले समाधन गर्छ । तपाईहरु मिलेर अधिवेशनमा लाग्नुस् ।’
अधिवशेनमा राम्रो हिसाबले प्रतिस्पर्धा गर्न उनले आग्रह गरे । सबैबापर्टीसँग मिलेर काम गर्न कार्यकर्तालाई उनको निर्देशन थियो । देउवा आउने खवरले इलाम र पाँचथरका काग्रेस कार्यकर्ता ठुलो संख्यामा राकेँमा भेला भएका थिए ।
हेर्नुस देउवाकाे सम्बाेधन