पाँचथर । बिदेश जाने अवसर पाए नजाने भन्ने मान्छे भेट्न निकै मुस्किल छ । त्यो माथी युरोपियन मुलुक जाने अवसर आउदा कस्ले पो जान्न भन्ला र ? तर भोजपुर जरायोटारका सुवास गन्धर्वले यो अवसर लिन चाहेनन् ।
उनले यो अवसर अन्य कुनै कारणले लिन नचाहेका होइनन् गन्धर्व संस्कृती जोगाउन उनले युरोपेली मुलुक जाने अवसर लाई नै गौण मानेका छन् । १७ बर्षदेखी सहरका चोक गल्ली तथा सार्वजनिक स्थल मठमन्दिरमा आफ्नो संस्कृती जोगाउन लागि परेका छन् ।
आफ्नो गन्धर्व जातिको संस्किती बचाउन उनी यहि पेशालाइ निरन्तर दिइरहनेमा उनी पर्छन । भोजपुरका जरायोटारमा गन्धर्वहरुको ३० परिवार भएपनी थोरैले मात्र आफ्नो पेशा अंगाल्दै आएका छन् । उनी भन्छन ”संगैका साथिहरु बिदेश गए बिदेश जादा समेत आफ्नो संस्कृतिलाइ निरन्तरता दिन पाइने भए मात्र जान्छु भन्ने अडान राखे त्यो अवसर नदिने बुझे पछि बिदेश नजाने निर्णय गरेको हुँ ।”
सांरगी बोकेर चोक चोक डिड्दै कमाएको पैसाले घर परिवार पाल्न त्यति सजिलो चै छैन । तर पनि यहि पेशाबाट नै परिवार पालिरहेको उनले बताए । कोरोनाको समयमा जिवनयापन गर्न निकै कठिन भएपनी त्यो समय जिवनयापन गर्न उनले मजदुरी समेत गरे परिस्थिति सहज भए पछि फेरि उनी सांरगी बोकेर नेपाली लोक संस्कृति गाउदै हिडेको उनले बताए ।
आफ्नो कलाले नै भिन्नै परिचय बनाएको गन्धर्व जातिको मुख्य पेशा नै नेपाली लोकसंस्कृति झल्कने गित संगीतको माध्यमबाट मन्त्रमुग्ध पार्ने पेशा हो । उनि भन्छन “अहिलेका नया पुस्ताले आफुले संरक्षण गर्दै आएको गन्धर्व पेशा लोप हुने चिन्ता उनलाइ छ । त्यसैले अहिले आफ्नो संस्कृती नमरोस भनेर आफ्ना सन्तानलाइ समेर सांरगी बजाउन सिकाइरहेको उनी बताउछन् ।
नेपालि लोक संस्कृतिलाई जोगाइ राखेका गन्धर्व जाती,नेपाली कला र संस्कृतिका धनी यस्ता गन्धर्व संस्कृति लोप हुने अवस्थालाई बचाइराख्न संघीय,प्रदेश र स्थानिय सरकारले समेत यस तर्फ ध्यान दिन आवश्यक देखिन्छ ।