पाँचथर । सुनसरी र धनकुटा जिल्लाको सिमानामा रहेको भेडेटार पर्यटकिय,व्यवसायीक रुपमा परिचित जिल्ला मात्र नभएर यो संगम स्थल धार्मिक दृष्टिकोण बाट पनि पबित्र स्थल रहेको छ । भेडेटार बाट करिब २ किलो मिटरको दुरिमा रहेको पाथिभरा देबिको दर्शन गर्न हरेक समय यहाँ दर्शनार्थी आउने गर्छन ।
चिसो मौसम,रमाइला डाडा अनि कुहिरोमा छोपिएको भेडेटारको शिरमा अवस्थित पाथिभरा माताको महिमा अपरम्पार छ ।हर सिजनमा भरिभराउ यो स्थलको आफ्नै छुट्टै बिशेषता रहेको छ । बरिपरिका बाख्रा हराएपछी त्यस्को खोजी गर्ने क्रममा यहाँ माता अबस्थित रहेको थाहापाएपछि पुजापाठ गर्न थालेको किम्ब दन्ती रहेको छ ।
पाथिभरा मन्दिर परिषदबाट मौषम खुलेको बेला धरानका फाट,धनकुटा बजार र ताप्लेजुङको प्रसिद्ध मन्दिर पाथिभराको डाडा समेत देखिने यो स्थलमा दर्शन गर्ने दर्शनार्थिको भिड हुने गर्छ ।
१२ महिना दर्शनार्थी आउने यस पाथिभरा मन्दिरमा बाटो सहज र सुबिधा भएको कारण बाट पनि विभिन्न जिल्लाका दर्शनार्थीहरु आउने गरेका छन् ।
पाथिभराको महिमा देशबिदेशमा फैलिएको छ । प्रबेश द्वार देखिनै धागो बाधेर मन्दिर सम्म पुग्ने यो मन्दिरमा नौरथाको बेला भिड हुने गर्छ । मागेका कुरा पूरा हुने बिश्वास यहाँ गरिन्छ ।
पाथिभरा क्षेत्रलाइ सहज बनाउन ढलान गरेको बाटो मन्दिर सम्म नै छ । ठाउँ ठाउँमा विश्राम स्थल,फुलपाती पसल र बार्दलि लगाएको बाटो निकै सुन्दर छ । हारियाली को बिचमा वरिपरि थुम्किला पहाडमा बिराजमान पाथिभरा माता नजिकै शिव मन्दिर पनि निर्माण कार्य सम्पन्न हुनेक्रममा छ ।
धार्मिक पबित्रताको दृष्टिकोणबाट परिचित यो स्थलमा अनेकन अभिलाषा बोकेर भक्तजन आउने गरेको देखिन्छ ।