पाँचथर । अमेरिकाको सिएननले बिश्वमा रहेको १२ गन्तब्य स्थल मध्ये धनकुटाको सागुरिगढी गाउँपालिका वडा नम्बर ६ मा रहेको नाम्जे थुम्कि
पर्यटकिय स्थल हो । भेडेटार र नाम्चे लगाएतका क्षेत्रलाइ आठौ गन्तव्यको सुचिमा लिएपछी आन्तरिक तथा बाह्य पर्यटकको घुइचो हुने गरेको छ । कोरोना महामारिको समयमा केही थलिएपनी अहिले चहल पहल बढेको छ । यस स्थलमा मगरहरुले आफ्नो संस्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामिण होमस्टे संचालनमा आएपछी भेडेटारको सुन्दरतामा सुगन्ध थपिएको छ । कोरोनाको कारण लाखौ नोक्सानी बेहोरिरहेका स्थानिय खुल्ला भए संगै आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेपछी आशावादी भएका छन् ।
यहाँको चिसो मौसम,फिजारिएका डाडा अनि कुहिरोको लुकामारिले यहाँ आउने पर्यटक एक रात नबसी फर्कनै मान्दैनन् । भेडेटार देखि नाम्जे सम्मको सडक त्यति सुरक्षित नभएका कारण आउन केही समस्या नै छ ।
कोरोनाको परिस्थिती सहज भए पछि असोज १ गतेबाट होमस्टेहरु संचालनमा आएका हुन् । मगर जातिको सास्कृतिक पहिचान झल्काउने लोकसस्कृती संगै परमपरागत खानपानलाइ प्राथमिकतामा राखेर नाम्जे थुम्कीमा २२ वटा होमस्टे संचालनमा आएका छन् ।
मगरहरुको सांस्कृतिक नाच हुर्रा संगै स्थानिय उत्पादनको स्वाद लिन सकिन्छ । सिजनमा ५/६ लाख सम्मको दैनिक कारोबार हुने गर्छ । गर्मी छल्न र नया बर्षमा बिशेषगरि पर्यटकको भिड हुने गर्छ ।
यहाँको मौसम हावापानी र सुबिधासम्पन्न होटल होमस्टे भएपनी भेडेटार देखि नाम्जे सम्म जाने सडक जिण भएको कारण यात्रा केही कष्टकर भएको छ । बिश्वको १२ औ गन्तब्य सुचिमा परेको पर्यटकिय क्षेत्र सडक बिस्तार र बिकाश नहुदा समस्या देखिन्छ । यस्ता पर्यटकिय क्षेत्रको बिकासकालागि तीनै तहको सरकारको सहयोह आवश्यक देखिन्छ ।