पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरबाट प्रदान गरिने सेवामा ढिलाई हुँदा टाढा टाढाबाट आएका सेवाग्रही मर्कामा परेका छन् । टाढाबाट आएका सेवाग्रहीहरुको काम ३ दिन सम्म्म नहुँदा सेवाग्रही आजित बनेका हुन् । राहदानी फाटको त कर्मचरी तालीममा जादाँ राहादानी सम्बन्धी सेवा जिल्ला प्रशासन कार्यालयमा केहि दिन देखि ठप्प रहेको छ ।
नागरीकता बनाउन आएका र प्रतिलिपि बनाउन आएका सेवाग्रहीको काम ३ दिन सम्म हुन नसकेको गुनासो सेवाग्रहीले केन्जो खबर संग गरेका छन् । केन्जो खबरले जिल्ला प्रशासन कार्यालयमा केहि सेवाग्रहीहरु संग कुरा गर्दा नागरीकता प्रतिलिपि बनाउन आएको ३ दिन हुँदा समेत प्रतिलिपि बनाउन नसकेको गुनासो गरे । जिल्ला प्रशासन कार्यालयको नागरीक वडापत्रमा भने आवश्यक कागजात र प्रमाण पुगेकोमा पेश भएकै दिन नागरीकता र प्रतिलिपि सेवाग्रहीलाई प्रदान गरीले उल्लेख भए पनि सोहि अनुसार जिल्ला प्रशासन कार्यालले सेवाग्रहीलाइ सेवा प्रदान गर्न नसेको हो ।
मिक्लाजुङ २ कि सीतादेवि सुनुवारले छोरी रमिला मुखियाको नागरीकता बनाउन मंगलबारनै पेश गरेको कागजात बिहिबार सम्म्म कर्मचारीले नहेरी दिएको गुनासो गरिन । “अस्तिको दिनै आवश्यक कागजात पेश गरेको थिए,आज सम्म सरले हेरी दिनु भएको छैन् खोइ नागरीकता बन्छ की बन्दैन थाहा छैन् ।” निराश हुदै सीतादेविले सुनाइन ।
याङवरक १ का मिनबहादुर राईले नागरीकताको प्रतिलिपि पाउँभनेर निबेदन पेश गरेको एकसाता हुदाँ पनि सुनुवाई नभएको गुनासो गरे । “प्रतिलिपि पाउँ भनेर निबेदन पेश गरेको थिए, ढड्डामा भेटिएन भन्नु भयो,उहाँले बिभिन्न प्रकृया पुरा गर्नु भनेर लेखेर दिनु भयो उहाँहरुले भने बमोजिम सबै प्रकृया पुरा गरेर कागजात पेश गरे तर एकसाता हुँदा पनि काम भएको छैन ।” राईले भने “बाजेको,बुवाको सबैको नागरीकताको प्रतिलिपि हुँदा समेत आफ्नो नागरीकता प्रतिलिपि किन बन्न सकेन थाहा छैन् ।” राईले भने ।
हिलिहाङ ५का ७१ वर्षिय मनबहादुर सुहाङ नागरीकता प्रतिलिपि बनाउन बुधबार बिहानबाट जिल्ला प्रशासन कार्यलयमा लाइनमा बस्दा समेत प्रतिलिपि पाउन नसकेको गुनासो गरे । “वडा कार्यलयबाट कागज ल्याइ यहाँ पेश गरेको छु , खोइ उहाँहरुले मेरो फाइलनै हेर्नु भएको छैन् म बुढो मान्छे कहिले सम्म बस्नु पर्ने हो थाहा छैन् । ”सुहाङले गुनासो गरे ।
जिल्ला प्रशासनबाट सेवाग्रहीले पाउने सेवामा ढिलाई हुँदा नागरीकहरुले दुख पाएको एक सेवाग्रही सुजन ओझाले बताए । कर्मचारी कम रहेछन् तर भएकाले पनि सेवाग्रहीलाई अनावश्यक दुख दिने गरेको गुनासो ओझाले केन्जो खबर संग गरे ।