पाँचथर । अब चाडै हुने तिनै तहको निर्वाचनमा सरकारमा रहेको यहि गठबन्धन नै चुनाबमा जाने दाबि गरेगरेका छन् । नेकपा मावोबादी केन्द्रिय सदस्य समेत रहेका आङ्वोले चुनावपछि सम्म पनि यहि गठबन्धनले निरन्तरता पाउने बताए ।
नेकपा मावोबादी केन्द्रको प्रथम नगर अधिबेशनलाई सम्बोधन गर्दै आङ्वोले यस्तो बताएका हुन् ।नेपालमा कम्युनिष्ट पाटीको जरुरि छ अझै एउटै ठाँउमा आउँन जरुरि छ तर हरियो घास माथि हरेउ सर्प जस्तो हुने संग जोगिन सुझाब दिएका छन् ।
आफुहरु १० महिना सरकारमा नहुदा पाँचथरको बिकाशको काम अबरुद्द हुदा जनताले सास्ती बेहोर्नु परेको बताउदै रोकिएका सबै बिकासको कामलाइ निरन्तरता दिने आङ्वोले बताएका छन् । अबको १० बर्षे कार्य योजना सहितको पुस्तक पनि यसै समारोह बीच बोमोचन भएको छ ।