पाँचथर । पछिल्लो समय सामुदायिक विद्यालयहरु मर्ज हुने क्रम बढ्दै गएको छ । कारण एउटै छ, शैक्षिक गुणस्तको सवाल, निजि बिद्यालय प्रतिको मोहको कारण सामुदायिक विद्यालयहरु मर्ज हुने क्रम बढेको छ । तर पाँचथरको एक सामुदायिक विद्यालयले भने नजिकै रहेको निजि बिद्यालयलाई आफैमा मर्ज गरेको छ । उक्त विद्यालयले बिद्यार्थिहरु र अभिभावकहरुको मन जितेर शैक्षिक सुधारमा नमुना बन्दै गरेको छ ।
देशका कतिपय सार्वजनिक स्कूलको पठनपाठन बर्बाद भइरहेका बेला सरकारी स्कूलप्रति अभिभावकलाई आशावादी बनाउन सफल भएको छ पाँचथरको मिक्लाजुङ ६ कन्याटारमा रहेको श्री जन ज्योती आधारभुत विद्यालय । उक्त स्कूलको आशलाग्दो व्यवस्थापन र पठनपाठनबाट आकर्षित भएपछि स्थानिय नागरीकहरु अक्षयकोष जुटाएर शिक्षकहरुलाई तलब खसवाउन थालेका छन् । स्थानियहरुले निजी स्कूलमा पढ्दै आएका आफ्ना सबै छोरा छोरीलाई यहि सार्वजनिक बिद्यालयमा भर्ना गरेका छन् ।
गाउँमा रहेको निजि बिद्यालय लाई समेत यहि बिद्यालयमा गाभिएको छ । निजि विद्यालयमा पढाइ रहेका शिक्षहरुलाई समेत श्री जन ज्योती आधारभुत विद्यालय निजि स्रोतबाट जागीर दिदै स्कुललाई अंग्रेजि माध्यमबाट पढाइ हुने बनाइएको छ ।
विद्यालयका शिक्षक र व्यवस्थापन समितीको ईच्छा शक्ति र सक्रियता यो बिद्यालय नमुना विदालय बन्दै छ । विद्यालयका शिक्षक र व्यवस्थापन समितीको ईच्छा शक्तिकै कारण गाउँमा रहेको निजि स्कूललाइ यो स्कुलमा गाभिएको हो । स्कुललाई अंग्रेजि माध्यमबाट पढाउन र शिक्षकलाई तलब खुवाउन गाउँलेहरु मिलेर अक्षयकोष समेत निर्माण गरेका छन् । अक्षयकोषका अहिले १८ लाख जम्मा भई सकेको विद्यालयका प्रअ उमेश राईले बताए ।
यो विद्यालयमा बालमैत्री कक्षा सञ्चालन गरिएको छ । नानीहरूका निम्ति खेल र मनोरञ्जनका सामग्री जुटाइएको छ । स्कूलको आकर्षक वातावरणका कारण छात्रछात्रा रमाएर नियमित रूपमा स्कूल आउने गरेको प्रअ उमेश राई बताउछन् ।
यो शैक्षिक सत्रमा ७३ जना छात्रछात्रा रहेको प्रअ राई बताउछन् । बिद्यालयमा ६२ जना छात्रछात्रा नियमित विद्यालय आउने राईले बताए । अहिले स्थायि र निजि स्रोत गरी जम्मा ९ जना शिक्षकहरुले विद्यालयमा पठनपाठन गराउदै गरेको राईले जानकारी दिए ।
विद्यालयको प्रअ राई का अनुसार विद्यालयमा अंग्रजि माध्यमबाट पढाई हुन थाल्नु विद्यार्थिहरु र अभिभावकहरुको चाहानाले सम्भव भएको बताए । अभिभावकहरुले साथ नदिनु भएको भए स्कुल अर्कै विद्यालयमा गाभ्नु पर्ने स्थितिमा थियो ।
विद्यालय सफल हुनुमा अभिभावकहरुको विश्वाश, शिक्षकहरुको मेहनत र लगनशिताले भएको प्रअ राई बताउछन् । तर शिक्षक र अभिभावकहरुलाई उत्प्रेरित गर्ने जिम्बेवारी भने नेतृत्वको कारणले आफुलेनै गर्नु पर्ने राई बताउछन् ।
विद्यालयको शैक्षिक गतिबिधिहरुमा सुधार हुदै गए पनि विद्यालयको भैतिक संरचना नाजुक रहेको विद्यालय शिक्षक जित बहादुर थापाले बताए । अघिल्लो महिना आएको बेमैसमि झरीको कारण बिद्यालयको एउटा भवन पुर्णरुपमा क्षति हुदाँ कक्षाकोठाहरुको अभाव भएर कोठाहरुलाई पाटेशन गरेर पठाउनु परेको थापाले बताए । “ अहिले हामिलाई भवनहरुको अभाव छ, संम्बन्धीत निकायहरुले सहयोग गरे बिद्यालयको शैक्षिक सुधारमा सहयोग हुने थियो ।” थापाले भने ।
विद्यालयमा अंग्रजि माध्यमबाट पढाइ हुन थाले पछि पढाईमा सुधार भएको कक्षा ८ मा अध्ययन गर्दै गरेकी रोनया राईले बताइन । “पहिला नेपाली भाषामात्र पढाई हुन्थो अहिले अंग्रजिबाट पढाइ हुन्छ, अंग्रजिमा धेरै सुधार भएको छ, सरहरुले मेहनत गर्नु हुन्छ ।” राईले भनिन ।
सबैको इच्छाशक्तिले मर्ज गर्नु पर्ने विद्यालयले अहिले पुनर्जीवन मात्र पाएको छैन नमुना विद्यालय बन्नेतर्फ उन्मुख भएको छ । समुदायलाई शिक्षाको महत्व बुझाउने र विद्यार्थीको भविष्यप्रति अभिभावकमा विश्वास पैदा गराउन सफल भएकै कारण आज जन ज्योति आधारभूत विद्यालयप्रति विद्यार्थीहरु आकर्षिभ भई वर्षेनी विद्यार्थी संख्या थपिदै गएको प्रअ राई बताउछन् । यो हाम्रो अभियानमा स्थानिय सरकार र प्रदेश सरकारले पनि सहयोग गर्नेमा आशबादी रहेको राईले बताए ।