कृष्ण दुलाल (पाँचथर ) । कम्प्युटरमा ३२ बिट र ६४ बिट के हुन्छ त तपाईले कुनै पनि सफ्टवेयर इन्सटल गर्दा तपाईलाई यस्तो छनौट गर्न भन्छ। ३२ बिट र ६४ बिट भनेको कम्प्युटरको अरु केहि नभएर प्रोसेसर यनकी सि. पि. यू. हो।
१९९० देखि २००० का बिचमा बनेका कम्प्युटर सि.पि.यू. मा ३२ बिट लगाएको थियो । त्यस पछिका सबै कम्प्युटर सि.पि.यू. मा ६४ बिट लगाएको हुन्छ । कुन सिपियुमा कति बिट हुन्छ त ?इन्टेल कोर सोलो र इन्टेल कोर डियो ३२ बिटका हुन्छन् भने इन्टेल कोर टु डियो, इन्टेल क्वाइड-कोर छियोन, डियुल कोर इन्टेल छियोन, क्वाइड-कोर इन्टेल छियोन, कोर आई ३, कोर आई ५ र कोर आई ७ का कम्प्युटर सि.पि.यू मा ६४ बिट को बनाएका छन् ।
के छ त फरक ?
३२ बिट कम्प्युटर सि.पि.यू. ले ४ जिवि र्याम सम्म मात्र सपोर्ट गर्छ, भने ६४ बिट को कम्प्युटर सि.पि.यू ले ४, ८, १६, ३२ जति पनि सपोर्ट गर्छ।
कसरी हेर्ने त हाम्रो कम्प्युटरमा कुन प्रोसेसर र कति बिटको विन्डोज इन्सटल छ भनेर?
साथिहरु पहिलो नम्बरमा हामी यसको लागी डेक्सटपमा आउन जरुरी हुन्छ त्यहा आईसकेपछि दिस पिसि अथवा माई कम्प्युटरमा राइट क्लिक गरेर प्रपटिज मा क्लिक गरि सम्पुणर् जानकारी लिन सकिन्छ ।