फिदिम । तिम्बुपोखरी मिडिया एण्ड इभेन्ट द्धारा सञ्चालीत केन्जो खबर डट कमको आयोजनमा पत्रकारहरुको क्षमता अभिबृद्धिको लागी आयोजना भएको दुई दिने मल्टिमिडिया पत्रकारिता तालीम सम्पन्न भएको छ ।
छापा पत्रकारिताबाट डिजिटल युगतिर लम्किदै गर्दा भिडियो रिपोर्टिङ र इडिटिङ गर्न आवश्यक पर्ने भएकाले पत्रकारहरुलाई भिडियो रिर्पोटिङ, भिडियो इडिटिङ, मिक्सिङ र फोटो खिच्ने सिप विकास गर्ने उद्देश्यले पत्रकार महासंघ पाँचथर शाखाको सभाहलमा शनिबार देखि सुरु भएको तालीमको समापन आईतबार भएको हो ।
दुई दिन सम्म सञ्चालन भएको मल्टिमिडिया पत्रकारिता तालीमको सहजिकरण नेपाल इन्भेष्टिककेटिप मल्टिमिडिया जर्नालिष्ट एसोसियसनका प्रधान सम्पादक रजनिश भण्डारी र उज्वल ज्योती शक्यले गरेका थिए ।
उक्त तालीममा पाँचथरका बिभिन्न मिडियामा काम गर्ने २० सञ्चारकर्मीहरुकोे सहभागिता रहेको थियो । तालीमका प्रशिक्षाथीलाई सैद्धान्तिक र व्यावहारिक ज्ञानका लागि स्थलगत रुपमा समाचार सङ्कलन गराइ भिडियो रिर्पोटिङ, भिडियो इडिटिङ र मिक्सिङ गर्न सिकाइएको थियो । दुई दिने मल्टिमिडिया पत्रकारिता तालीमको अर्थिक सहयोग फिदिम नगरपालिकाले गरेको हो । प्राविधिक सहयोग भने काठमाण्डौंको नेपाल इन्भेष्टिककेटिप मल्टिमिडिया जर्नालिष्ट एसोसियसनले गरेको थियो ।
तालीमकाे समापन कार्याक्रममा फिदिम नगरपािलकाका प्रमुख अाेनाहाङ नेम्बाङ र प्रमुख जिल्ला अधिकारी सुरेश न्याैपानेकाे उपस्थिति रहेकाे थियाे