नागरिकता वितरणलाई सहज बनाउन कांग्रेसको आग्रह

पाँचथर– नागरिकता वितरणमा समस्या देखिएको भन्दै नेपाली काग्रेस पाँचथरले यसलाई सहज बनाउन आग्रह गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति रुपनारायण जवेगुको नेतृत्वमा गएको पदाधिकारी तथा सदस्य सहितको टोलीले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
पछिल्ला दिनमा नागरिता प्राप्त गर्नका लागि नागरिकले झङझट व्यहोर्नु परेको भन्दै ध्यानआर्कषण गराएका हुन् । विभिन्न ग्रामिण लगायतका क्षेत्रमा आएर सेवाग्रहीले सास्ती व्यहोरेकोले सहजिकरण गरि सेवा सहज बनाउनका लागि अनुरोध गरिएको सभापति जवेगुले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेले पछिल्लो दिनमा नागरिकता बनाउन आउने संख्या धेरै भएको तथा जनशक्तिको अभावमा केहि समस्या भएको बताउँदा यसलाई समाधान गर्ने प्रयास भइरहेको जानकारी दिएका थिए ।