नागरिकता बनाउनेको भिड (फोटो फिचर)

पाँचथर– सोमवार कार्यालय समय सुरु हुनु भन्दा अगाडी देखिनै जिल्ला प्रशासन कार्यालय पाँचथरमा भिडभाड थियो । कोहि नागरिकता बनाउनका कागजात लागि पेश गर्न आएका थिए भने कोहि आईतवार तथा केहि दिन अगाडीदेखि कागजात पेश गरेका सेवाग्रहि थिए ।

नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा अत्याधिक भिडभाड भएको छ । कोरोना भाईसरको तेश्रो लहर ओमिक्रोन भाईसरको हल्ला चलिरहेको बेला जिल्ला प्रशासन कार्यालयमा भने नागरिकता बनाउनेको ठुलो भिड लागेको छ ।

बैशाखमा स्थानीय तहको निर्वाचन हुनेहल्लासँगै नागरिकता बनाउन आउनेको संख्यामा ह्वातै वृद्धि भएको छ । नागरिकता बनाउने, मतदाता नामावली दर्ता गर्ने तथा राष्ट्रिय परिचय पत्र बनाउने काम जिल्ला प्रशासन हुने गर्छ ।

सेवाग्राहिका साथमा विभिन्न राजनीतिक दलका नेताहरु जिल्ला प्रशासन कार्यालयमा भेला भएका छन् । दैनिक ७० जना भन्दा बढिको नागरिकता बन्दै गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले बताए । उनका अनुसार नागरिकता बनाउनेको संख्या केहि दिनदेखि बढेको उनले जानकारी दिए । कर्मचारीको अभाव रहेको न्यौपानेको भनाई छ ।

केहि समय अगाडी नागरिकता बनाउनका लागि कागजात पेश गरेकाले पनि नागरिकता नपाएको गुनासो गरेको छन् ।