पूर्वमुख्यमन्त्री शेरधन राईले अझै फिर्ता गरेनन् सरकारी गाडी

बिराटनगर । राजेन्द्रकुमार राई नेतृत्वमा रहेको प्रदेश १ सरकारले पूर्वमुख्यमन्त्रीहरूलाई दिने सेवासुविधाबारे हालसम्म कुनै निर्णय गरेको छैन । यसअघिका मुख्यमन्त्रीद्वय शेरधन राई र भीमप्रसाद आचार्यलाई दिने सेवा सुविधाका बारेमा प्रदेश सरकारले निर्णय गरेको छैन ।
तर प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राईले भने पदमुक्त भएको चार महिना बित्दा पनि सरकारी गाडी फिर्ता गरेका छैनन् । राईले २०७८ भदौ १० गते पदबाट राजीनामा दिएका पूर्वमुख्यमन्त्री राईले पदमुक्त भएको चार महिना बितिसक्दा पनि सरकारी गाडी फिर्ता गरेका छैनन् ।उनले अझै पनि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट लिएको को १ झ ५६५ नम्बरको गाडी फिर्ता नगरी प्रयोग गरिरहेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले राईले चढिरहेको उक्त गाडी ८० लाख हाराहारी बजेट खर्चेर तीन वर्षअगाडि खरिद गरेको थियो ।
 
आर्थिक मामिला तथा योजना मन्त्रालय नाममा रहेको निशान कम्पनीको टेरान गाडी राईले प्रयोग गरिरहेका छन् । तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेर सो मन्त्रालयको आफैँले लिएपछि राईले मन्त्रालयको गाडी मुख्यमन्त्री कार्यालयमा झिकाएका थिए । सुरुमा तत्कालिन मुख्यमन्त्री राईका जनसम्पर्क सल्लाहकार रहेका रामकुमार बस्नेतका लागि भन्दै मुख्यमन्त्री कार्यालयमा लगिएको थियो ।
तर मुख्यमन्त्री कार्यालयमा लैजानासाथ शेरधनकी पत्नी ज्याङ्मु इन शेर्पाले गाडी प्रयोग गर्न थालेकी थिइन् । राई मुख्यमन्त्री रहेको बेला सो गाडी उनकी पत्नी शेर्पाले प्रयोग गर्दै आएकोमा मुख्यमन्त्रीबाट पद मुक्त भएपछि उनले गैरकानूनी रूपमा सोही गाडी प्रयोग गरिरहेका छन् ।
मन्त्रालयले गाडी बुझाउन ताकेता गरिरहँदा पनि राईले अटेर गरिरहेको पाइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको स्टोर शाखा प्रमुख फणिन्द्र अधिकारीले गाडी मन्त्रालयमा फिर्ता गर्न मुख्यमन्त्री कार्यालयमा पत्राचार गरेपनि अझैसम्म फिर्ता नभएको बताए । ‘माननीयज्यूले गाडी पठाइदिनू भन्नुभयो, हामीले गाडी पठायौँ,’ अधिकारीले भने, ‘उहाँले पनि फोनमा भन्नुभएकाले केही कागज नगरी पठाइदियौं । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाडी फिर्ताका लागि पटक–पटक भने पनि गाडी फिर्ता भएको छैन ।’
मुख्यमन्त्री कार्यालय भने गाडीका विषयमा बेखबर छ । ‘हामीलाई त्यो गाडीसम्बन्धी कुनै जानकारी छैन, केही कागजात …